adv

‘झमकबहादुर’ पास भयो सेन्सरको झमेलाबाट

सुन काण्डको कुरा उठान गरिएकाले सेन्सरको झमेलामा परेको चलचित्र ‘झमकबहादुर’ले अन्ततः पीजी सर्टिफिकेट पाएको छ । चलचित्रको कुनै पनि दृश्य नकाटिएको यसको निर्माणपक्षले जानकारी दिएको छ ।

साउन १८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रलाई भोमन कटुवालले निर्देशन गरेका हुन् । यो चलचित्र हेर्नका लागि अब १६ बर्ष तलका बालबालिकालाई अभिभावकको साथ चाहिनेछ । अपहरण र सुन तस्करीका कुरा उठान गरिएकाले सेन्सरमा झमेला भएको यसका निर्देशक कटुवालले जानकारी दिए । चलचित्रमा मिन कुमार तामाङको लगानी छ ।

 

चलचित्रको पहिलो ट्रेलर सार्वजनिक भएपछि यसलाई साउथ इन्डियन चलचित्र ‘मुम्बई एक्सप्रेस’को कपि भनिएको थियो । तर, यसको निर्माणपक्षले कथावस्तु सो चलचित्रसँग नमिल्ने बताउँदै आएको छ । चलचित्रको सेन्सर पास भएपछि यसका निर्माता र निर्देशकले खुशी व्यक्त गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु