adv

‘राधा २’ को शिर्ष भूमिकामा नायिका प्रियंका कार्की फाइनल

नायिका संचिता लुइटेललाई लिएर २ बर्ष अगाडि चलचित्र ‘राधा’ निर्देशन गरेका योगेश घिमिरे अब ‘राधा २’को तयारीमा लागेका छन् । उनले बनाउन लागेको यो चलचित्रको शिर्ष भूमिकामा नायिका प्रियंका कार्की फाइनल भएकी छिन् ।

प्रियंकालाई लिड हिरोइनको रुपमा प्रस्तुत गर्न लागिएको यो चलचित्रमा २ नायक रहनेछन् । २ नायकको बारेमा अहिले भने कुनै जानकारी दिइएको छैन । एक चल्तीका र एक नयाँ नायक रहने बताइएकाे छ ।

 

चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । प्रदिप भारद्धाजले चलचित्रको कथा लेखेका हुन् । संजय न्यौपानेले यो चलचित्रको निर्माण गर्दैछन् ।चलचित्रको छायांकन भदौ २५ गतेबाट सुरु हुने निर्माणपक्षले बताएको छ । महिला केन्द्रित चलचित्रले लभ स्टोरी कथा नै भन्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु