adv

वर्षौदेखि ठगी धन्दा चलाउँदै आएकी प्रहरी हवल्दार सीता उप्रेती पक्राउ

वर्षौदेखि डिएसपी बनेर ठगी धन्दा चलाउँदै आएकी प्रहरी हवल्दार सीता उप्रेती पक्राउ परेकी छिन । त्रिभुवन विमानस्थलमा कार्यरत नेपाल प्रहरीकी हवल्दार उप्रेतीलाई महानगरिय प्रहरी परिसर काठमाडौले पक्राउ गरेको हो ।

 

घरमा डिएसीको बर्दी लगाएर बस्ने र मानिसहरुलाई धम्की दिएर रकम असुल गर्ने गरेको आरोपमा उजुरी परेपछि सीतालाई प्रहरीले भाद्र ३ गते पक्राउ गरेको डिएसपी थापाले बताए । नुवाकोट स्थायी घर भएकी हवल्दार उप्रेतीले सयौ मानिसलाई डिएसपीको बर्दी लगाएर ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उप्रेती ठगी धन्दा र संगठित अपराधको मुद्दामा पक्राउ परेसँग उनी हवल्दारबाट निलम्वित भएको डिएसपी थापाले जानकारी दिए ।

उप्रेती माथि अकुत सम्पत्तिको पनि मुद्दा चलाउने तयारी भएको छ । उनले सर्वसाधरणलाई ठगी गरेर पाँच करोड भन्दा बढी सम्पत्ति जम्मा गरेको उनका निकटवर्तीहरुले बताएका छन । दुई वटा घर र थुप्रै ठाउँमा उनले जग्गा समेत जोडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विगतमा नेकपा एमालेको समर्थक देखाइ आफ्नो ठगी ढाकछोप गर्दै आएकी उप्रेती पछिल्लो समय नेपाली कांग्रेसको छत्रछायाँमा ठगी धन्दा चलाउँदै आएकी थिइन । उनले कांग्रेसकै बलामा हाल त्रिभुवन विमानस्थलमा सेटिङमा काम गर्दै आएकी थिइन ।

मुद्दा मिलाइ दिन्छु भन्दै ठगी गर्ने र मुद्दा नमिलेपछि पैसा फिर्ता माग्न आउनेलाई उनले डिएसपीको बर्दी लगाएर जेलमा कोचिदिने धम्की दिने गरेकी थिइन । परिवारमा समेत श्रीमानलाई ठगेर छोरा र सम्पत्ति लिएर उनले वकिल हुँ भन्दै ठगी गर्ने नुवाकोटकै मनोहर तिवारीसँग दोस्रो विहे गरेकी थिइन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु