फिल्म ‘सुई धागाः मेड इन इण्डिया’ को पहिलो गीत सार्वजनिक भएको छ । ट्रेलर रिलिज भएदेखि यस फिल्मकी मुख्य अभिनेत्री अनुष्का शर्माको लुकको मजाक उडाउदै कयौं मिमहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
फिल्ममा अनुष्का शर्मा र अभिनेता वरुण धवनको मुख्य भूमिका रहेको छ ।
सार्वजनिक ‘चाव लागा’ बोलको पहिलो गीतमा श्रीमान–श्रीमतीको भूमिकामा रहेका वरुण र अनुष्का बीचको प्रेमलाई देखाईएको छ ।
भिडियो हेर्नुहोस्:
फिल्म ‘सुई धागाः मेड इन इण्डिया’ मा एक गरिब श्रीमान मौजी र श्रीमती ममताको कहानी रहेको छ । जहाँ मौजी सानोतिनो जागिर गर्छन । जो जागिरका क्रममा धेरै बेइज्जती सहिरहेका हुन्छन भने ममता गृहणी हुन्छिन । यी दुवैले पछि आफ्नै सिलाईको व्यापार सुरु गर्दाको संघर्षलाई फिल्ममा देखाइएको छ ।
निर्देशक शरत कटारियाको निर्देशनमा बनेको यो फिल्म यही सेप्टेम्बर २८ मा प्रदर्शन हुनेछ ।
ट्रेलर हेर्नुहोस्: