झापा – दमक नगरपालिका ४ संगम टोल विकास संस्था निवासी अनुप बस्नेतलाई बोन म्यारो भएको ४ वर्ष भएको छ । १८ वर्षिय अनुप वस्नेत दमक स्थीत ढुकुरपानी मा.वि. मा कक्षा १० मा अध्ययनरत छात्र हुन् । उनले हाल नोबेल हस्पिटल विराटनगर र सिभिल हस्पिटल काठमाण्डौमा नियमीत स्वास्थ्य जाँच र उपचार गर्दै आइरहेका छन् ।
आर्थिक अवस्था कमजोर भएका उनको जेठा दाई हाल बैदेशिक रोजगारका लागि कतारमा रहेका छन् । उनको बुवाको पहिले नै मृत्यू भइसकेको छ । उनको आमा मधुमाया ले भावुक हुदै भनिन् ‘४५ हजारमा गोरु र २५ हजारमा खसी विक्री गरेको रकम, दाईले पठाएको रकम गरी हाल सम्ममा १२ लाख रकम खर्च भइसकोको छ ।’ पहिला प्रत्येक ९ महिनामा ब्लड चढाउदै आएका उनले हाल घटेर ३ महिनामा नै ब्लड चढाउनु परेको छ । प्रत्येक दिन १ सय ४० रुपैया गोटाको औषधी सेवन गर्दै आएका छन् ।
सिभिल हस्पिटल काठमाण्डौ का डा. विषेश पौडेलले उनलाई उपचार गर्दै आएका छन् । उनको पूर्ण उपचार गर्नको लागि बोन म्यारो ट्रान्सप्लान्ट गर्नको लागि रु २० लाख अग्रिम धरौटी रकम जम्मा गर्नु पर्ने हस्पिटलले जनाएको छ । आर्थिक अवस्था नाजुक भएको र उपचार खर्च पनि धेरै लाग्ने भएकोले सहयोगका लागि अपिल गर्नु परेको विरामी अनुपले बताए । उनलाई सहयोग गर्नका लागि सानिमा बैंक दमक शाखामा विरामी अनुप बस्नेतको नाममा रहेको खाता नंम्बर – ००२००००५३०७१२ मा रकम जम्मा गर्न सकिने छ ।