adv

हेमा मालिनीकी छोरी इशाले रिस थाम्न नसकेपछी हिँडिन् स्टेज छोडेर

लेक्मे फेशन वीकले आयोजना गरेको कार्यक्रममा बलिउडका कयौं अभिनेता तथा अभिनेत्रीहरुले र्‍याम्प वाक गरे । अभिनेत्री करीना कपूर खान, जान्हवी कपूर, विपाशा बासु, दिया मिर्जा, करिश्मा कपूर तथा अभिनेता राजकुमार राव, अर्जुन कपूरलगायतले पनि विभिन्न डिजाईनरका पहिरनमा र्‍याम्प वाक गरे ।

यसका साथै बलिउडकी ‘ड्रिम गर्ल’ हेमा मालिनी र उनकी छोरी अभिनेत्री इशा देवलले पनि एकसाथ र्‍याम्प वाक गरे । दुबैजना पारम्पारिक पहिरनमा सजिएका थिए ।

इशाले उनको इन्स्टाग्राममा यसका कयौं तस्बिरहरु सेयर गर्दै ड्रेस डिजाइनर संजुक्ता दत्त जसले उनको पहिरन डिजाइन गरेकी थिइन उनलाई धन्यवाद तथा शुभकामना पनि दिएकी थिइन् ।

 

कार्यक्रम राम्रै ढंगबाट अगाडि बढीरहेको थियो । र्‍याम्प वाक सकिए लगत्तै हेमा र इशा देवल मिडियासँगको कुराकानीमा लागे । हेमा मालिनीलाई इशाका साथ लेक्मे फेशन विकको अनुभवबारे सोधिएको प्रश्नमा उनले भनिन् ‘म धेरै खुसी छु कि डिजाइनर संजुक्ता असममा महिला सशक्तिकरणका लागि काम गरिरहेकी छिन् । म इशाको आउदै गरेको शर्ट फिल्म ‘केकवाल्क’ को प्रमोशनको लागि त्यहाँ गइरहेकी छु ।’ यति भनेर हेमाले माइक इशालाई दिइन् ।

त्यसपछि यसबारेमा इशा देवलसँग पत्रकारले प्रश्न सोध्नै लाग्दा बीचमै कुरा काट्दै आयोजकका तर्फबाट भनियो कि ‘अब यहाँ कुनै पनि प्रश्न सोधिने छैन । यहाँ केवल फोटो सेशन हुनेछ ।  ‘ यो कुरा सुन्नासाथ इशा देवलले आफ्नो रिस थाम्न सकिनन् र समातेको माइक आयोजकलाई नै थमाएर भनिन ‘अब यस प्रश्नको जवाफ आफैँ दिनु ।’ यति भन्दै इशाले आमा हेमालाई पनि बोलाउँदै स्टेज छोडेर हिँडिन् ।

 

आयोजकले बीचमै रोक्न खोज्नु र इशा अचानक रिसाउनुका कारण त्यहाको वातावरण असहज त भयो नै साथमा हेमाले पनि निकै अप्ठ्यारो मानिरहेकी थिइन् ।

इशाले यस पटक मात्रै होइन यस अघि यस किसिमको व्यवहार देखाइसकेकी छिन् । उनले यसअघि फिल्म ‘प्यारे मोहन’ सेटमा काम गरिरहेकी बेलामा पनि रिसको झोकमा अभिनेत्री अम्रिता रावलाई थप्पड लगाएकी थिइन् ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु