एक सातादेखि कञ्चनपुरको भीमदत्त नगरपालिकामा लगाइँदै आएको कर्फ्यू आजदेखि पूर्ण रुपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्तनगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कर्फ्यू हटाउने निर्णय गरेको हो ।
गत शुक्रबारदेखि दिउँसो र राति गरी कर्फ्यू लाग्दै आएको थियो । जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्यूूलाई खुकुलो पार्दै आएको थियो ।
प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जनजीवन सामान्य बन्दै गएकाले कर्फ्यू पूर्णरुपमा हटाइएको जानकारी दिनुभयो । तेह्र वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।