adv

जेसिज सप्ताहको अवसरमा दमक नगरपालिका जनप्रतिनिधि र पत्रकार मञ्चवीच मैत्रीपूर्ण फुटसल 

दमक जेसिजले “जेसिज सप्ताह”को आयोजनामा बिहिबार दमक नगरपालिकाका जनप्रतिनिधि र पत्रकार मञ्चबीच दमकमा मैत्रिपुर्ण फुटसल प्रतियोगिता गराएको छ । उक्त प्रतियोगितामा दमकका जनप्रतिनिधिहरुलाई हराउदै पत्रकार मञ्चले १ का विरुद्ध ९ गोलले बिजयी भएको छ ।

दमक–८ मा रहेको फुटसल हलमा भएको उक्त खेलमा पत्रकार मञ्चका डिकेश लामाले पहिलो गोल गरेका थिए भने बिजेता टिमको तर्फबाट उत्तम रिजालले ४ गोल गरे भने सुदिप अधिकारी, गोबिन्द ल्वागुन, जिवन चुडाल, मनकुमार गदालले १ र १ गोल गरेका थिए । पराजित टिमको तर्फबाट १ मात्र गोल भिम चौलागाइले गरेका थिए ।

बिजेता टिमलाई जेसिज सप्ताह समापनको दिन पुरस्कार वितरण गरिने दमक जेसिजका अध्यक्ष चन्द्र खत्रिले बताउनु भयो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु