ऋषि धमलाकी श्रीमति एलिजा गौतम को निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । असोज १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस चलचित्रको ट्रेलरमा प्रेम, रोदन, विछोड सबै खुराक देख्न सकिन्छ ।
अनु र रागको प्रेममा आउने उचारचढावको कथा चलचित्रलको ट्रेलर ले बोल्छ । यो चलचित्रमा एलिजाको नव-नायक समुन्द्र पण्डितसँग जोडी बाँधिएको छ ।
‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो चलहित्र सांगीतिक प्रेमकथामा आधारित रहेको छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको चलचित्र लाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।
भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी यसको छायाँकार हुन् ।
ट्रेलर हेर्नुहोस् :