adv

नेपाल र भारतबीचको सम्बन्ध अनन्तकालसम्म रहनेछ, कुनै कुराले पनि तोड्न सक्दैन : नरेन्द्र मोदी

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाशुपत क्षेत्रमा निर्माण गरिएको नेपाल–भारत मैत्री धर्मशालाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतको सम्बन्ध धार्मिक तथा सांस्कृतिक रुपमा रहेको बताउनुभयो । त्यस्तै ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरन्तर नेपालका सांस्कृतिक सम्पदाहरुको भ्रमण गरेर दुई देशबीचको सम्बन्ध मजबुत बनाउने काम गरेको बताउनुभयो ।

उद्घाटनका कार्यक्रममा आफ्नो मन्तव्यका क्रममा नेपाल र भारतलाई भगवान शिवले जोडेको बताउँदै यो सम्बन्ध अनन्तकालसम्म रहने बताउनुभयो । उहाँले नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको बताउँदै यसलाई समय र दूरीले तोड्न नसक्ने बताउनुभयो ।

साथै भारतीय प्रधानमन्त्री मोदीले नेपालले विश्वलाई भगवान गौतम बुद्ध दिएको बताउँदै बुद्धकै प्रेरणाले विश्वसमुदायलाई शान्तिको पथमा हिँडेको बताउनुभयो । त्यस्तै भारतीय प्रधानमन्त्री माेदीले नेपाल र प्रधानमन्त्री ओलीले दिवंगत भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीको कविता अनुवाद गरेर जीवन्त रुपमा श्रद्धाञ्जली अर्पण गरेको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।


२ वर्षअघि निर्माण कार्य सुरु गरिएको धर्मशाला उद्घाटन गर्न पाउँदा आफूलाई निक्कै खुसी लागेको भन्दै उहाँले पशुपत क्षेत्रको विश्वमा थप प्रचार भएको बताउनुभयो । पर्यटकीय क्षेत्र पशुपति क्षेत्रमा धर्मशाला निर्माण भएसँगै विश्वभरबाट पर्यटक आउनेको संख्या बढ्ने र आफ्नो भ्रमणले पर्यटक क्षेत्रमा अन्तर्राष्ट्रिय सन्देश प्रवाह गर्ने उहाँको विश्वास छ ।

काठमाडौं हिन्दू र बौद्ध धर्मको उद्गमस्थल रहेको भन्दै उहाँले नेपाललाई आवश्यक परेको खण्डमा जुनसुकै अवस्थामा पनि सहयोग गर्नेे बताउनुभयो । उहाँले शर्मशाला उद्घाटनपछि पशुपति मन्दिरको दर्शन गर्नुभएको छ । धर्मशालामा पुस्तकालय, सयन कक्ष लगायत सुविधा उपलब्ध छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु