adv

किरावि झापा जिल्लाको २० औँ स्थापना दिवस सम्पन्न

किरायाको भातृ संगठन रहेको किरावि झापा जिल्लाले आफ्नो २० औँ स्थापना दिवस भब्यताका साथ मनाएका छन् ।

किरात राई साँस्कृतिक संघका केन्द्रिय उपाध्यक्ष शालिक सतासक राईले “किरात प्रदेश किन र किरात प्रदेश प्राप्तिका आधारहरु” का बारेमा प्रशिक्षण दिनु भएको थियो । उनले भने – “किरात भन्ने शब्दले कुनै धर्म, जाति विशेषलाई जनाउँदैन यो एउटा पृथक सभ्यता बोकेको शब्द हो । त्यसैले किरातीहरुले सभ्यताको आधारमा प्रदेश नं. १ किरात प्रदेश हुनु पर्छ भन्दै माग राख्दै आएको बताउनु भयो ।” साथै समदर्शि टेक्निकल ईष्टिन्युटका सञ्चालक देशराज नेम्बाङ ज्युले उद्घोषण तालिमको बारेमा प्रशिक्षण गराउनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सुनिल राईले गर्नुभएको थियो भने किराया झापा जिल्लाका अध्यक्ष ईन्द्रमान चाम्लिङले प्रमुख अतिथिको आतिथ्यता गर्नु भएको थियो । कार्यक्रममा किराविका विद्यार्थीहरुद्वारा बिभिन्न साँस्कृतिक कोशेलीहरु साथै साकेला सिली पनि प्रस्तुत गरेका थिए ।

संघलाई सांगठनिक रुपमा मजवुद बनाउन विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका लागि सम्पूर्ण अभिभावकहरुलाई आग्रह गर्दै आगामी दिनहरुमा किरावि अझ मजवुद र क्रियाशिल बनाउने लक्ष्य राखेको भन्दै किरावि झापा जिल्ला अध्यक्ष सुनिल राईले जानकारी गराउनु भयो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु