adv

पोर्न स्टार सन्नी लियोनीले अब नेपाली चलचित्रमा अभिनय गर्दै

बलिउड अभिनेत्री तथा पोर्न स्टार सन्नी  लियोनीले एक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छिन् । लण्डनमा छायांकन हुने चलचित्र ‘पासवर्ड’का लागि सन्नी लियोनी फाइनल भैसकेकी छिन् । उनले महंगो रकम लिएर चलचित्रमा काम गर्न लागेको वुझिएको छ ।

बलिउड र नेपाली फिल्मको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा सन्नी लियोनीको साथमा नेपालका केही चर्चित कलाकारहरुले काम गर्नेछन् । चलचित्रमा नायक अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा लगायतको मुख्य भूमिका रहनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु