adv

‘इन्टु मिन्टु लण्डनमा’ को तेस्रो गीत सार्वजनिक {भिडियो}

असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको रेनाशा वान्तवा राई निर्देशित प्रतिक्षीत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को ‘जुरायो जुरायो…’ बोलको तेस्रो गीत सार्वजनिक भएको छ ।

राजेश पायल राई र मेलिना रार्ईको स्वर रहेको गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको छ । फिल्मका दुई लिड कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकार फिचर्ड छन् । भिडियोमा मेकिङ क्वालिटी उच्च देखिएको छ ।

साम्राज्ञी र सारुकको इन्गेजमेन्ट हुनुअघिको रमझमलाई भिडियोमा उतारिएको छ । गीतमा सेटअपदेखि कलाकारको पहिरनमा विशेष ध्यान दिइएको छ । यो फिल्ममा डेब्यु ब्वाई धिरज मगरको पनि प्रमुख भूमिका छ ।

‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित फिल्मका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक राईले ‘इन्टु मिन्टु लण्डनमा’ ले नेपाली फिल्म क्षेत्रलाई गर्व गर्न लायक एक उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरिन् । फिल्मको कथा र मेकिङमा विशेष ध्यान दिएको उनको भनाई छ ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ ।

गीत हेर्नुहोस् :

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु