adv

लायन्स अन्तर क्लव स्तरीय फुटसल खेलमा आयोजक टिम लायन्स क्लब अफ ईष्टर्न लाइन विजेता

५० हजार राशि राखिएको लायन्स अन्तर क्लव स्तरीय फुटसल खेल आयोजक टिम लायन्स क्लब अफ ईष्टर्न लाइनले नै कब्जा गरेको छ ।

दमक–८ को रनभुमि फुटसलमा शुक्रबार बिहानदेखि भएको उक्त खेलहरुमा ८ वटा लायन्स क्लवहरुको सहभागिता रहेको थियो उर्लाबारी, पथरी, मिक्लाजुंग र लखनपुरका लायन्स क्लबहरुको पनि उपस्थिति रहेको उक्त खेलमा लायन्स क्लब अफ युनाइटेड उपबिजेता भएको थियो । युनाइटेडले २५ हजार जितेको छ ।

क्लबका अध्यक्ष विमल शर्माले यो फुटसल खेलले एकआपसमा चिनजान तथा मित्रता बढाउन सहयोग पुर्याउने बताए ।
खेल संयोजक उज्वल श्रेष्ठका अनुसार क्लबको सक्रियतामा शवबहान ल्याउने तयारी भएको र खेलमा जितेको पुरुस्कार शव बहान ल्याउनका लागि क्लवलाइ नै सहयोग गर्ने बताए ।

उदघाटन तथा समापन कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनलका बातावरण चिफ बबरजंग थापा, एरिया चिफ गोपाल अग्रवाल, रिजन चियर पर्सन प्रहर क्षेत्री, जिल्ला खेलकुद बिकास समिति झापाका उपाध्क्ष भीमराज केसी लगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु