फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि अभिनेता प्रदीपको ‘रोज’ र अभिनेत्री पूजाको ‘रामकहानी’ ले एकसाथ बक्सअफिसमा भिडन्त सुरु गरेका छन् । यी दुबै फिल्म यस वर्षका प्रतिक्षीत हुन् ।
‘इगो’ भावनाले दुई फिल्मको भिडन्त भएको धेरैको बुझाई छ । पछिल्लो समय प्रेम र गीतको युवापुस्तामा गजबको फ्यान फलोइंग छ । उनीहरुको नामकै कारण दर्शक हलसम्म पुग्छन् ।
‘रामकहानी’ र ‘रोज’ को महायुद्धलाई प्रदीप र पूजाको स्टारडम मापन हुने तराजुको रुपमा लिइएको छ । अब रिजल्ट कसको पक्षमा होला ? त्यसको भने धेरैलाई प्रतिक्षा छ । मल्टिप्लेक्समा शोजको हिसाबमा ‘रामकहानी’ भन्दा ‘रोज’ अगाडि छ ।
‘सिंगल स्कृन’ भने दुबै फिल्मले बराबरी पाएका छन् । गीतसंगीत र ट्रेलरसँगै बलियो प्रचार-प्रसारले दुबै फिल्मको राम्रो हाइप छ । यसले विजनेशमा चाहिँ कति प्रभाव पार्ला ? हेर्न बाँकी छ । दुबै फिल्मको इनिसियल व्यापार राम्रो हुने फिल्मी पण्डितहरुको आँकलन छ ।
सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ लभस्टोरी-कमेडी जनराको फिल्म हो भने नीरक पौडेलको ‘रोज’ क्राइम-थ्रीलर फिल्म हो । ‘रोज’ मा प्रदीपसँगै परमिता आरएल राणा र मिरुना मगर लिड रोलमा छन् ।
‘रामकहानी’ मा पूजाको जोडी आकाश श्रेष्ठसँग बाँधिएको छ । देशका चर्चित हास्यकलाकारहरुको यसमा बाहुल्यता छ । केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झालगायतको प्रमुख भूमिका छ