किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शनीका लागि तयारी पूरा भएको छ । किरात राई यायोक्खाको केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा भदौ ३० गते ‘सायाबुङ’को विशेष प्रदर्शनीका लागि तयारी पूरा भएको हो ।
पूर्वी नेपालको उच्च पहाडी भेग जहाँ गाई तथा चौरी पालनको संस्कृती रहेको छ । चलचित्रमा किरातीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्तरुपमा प्रस्तुत गरिएको छ । चलचित्रको नाम किराती सभ्यता र भाषाबाट लिइएको भएपनि चलचित्र नेपाली भाषामा रहेको छ । त्यो संस्कृतीलाई पनि चलचित्रमा समेटिएको निर्देशक भगिराज राईले बताए । चलचित्र बारे थप प्रष्ट्याउँदै राईले भने ‘सायाबुङ’ अप्ठेरोमा फुलेको फुल हो । हिमाली भेगमा गोठ बसाउने चलन छ । जुन बस्ती भन्दा धेरै टाढा हुन्छ । त्यहि गोठ पालन गर्ने सुदुर ठाउँमा रहेको युवा र वस्तीमा रहेकी युवतीबीच हुर्किएको एउटा अग्र्यानिक प्रेम कथा यसमा समेटिएको छ ।