adv

भुवन र रेखा एकअर्काको ‘फेभरेट’, दुईबीच पानी बाराबार् सकिएकै हो त ?

अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापा ‘साथी म तिम्रो’, ‘दुनियाँ’ लगायतका चलचित्रका हिट जोडी हुँन् । तर, केही समययता अभिनेत्री रेखाले भुवनका छोरा अनमोल केसीलाई ‘मेघास्टार’ भनिएकोप्रति आपत्ति जनाएपछि दुईबीच ‘पानी बाराबार’ भएको खबरले सिनेवृतमा ठूलै हलचल मच्चाएको छ ।

केही समय अघी राजधानीमा सम्पन्न एक कार्यक्रममा यि दुईबीच राम्रोसँग बोलचाल नभएपछी पनि बजारको चर्चालाई झनै राम्रो सहयोग पुर्यायो ।

एक स्मारिका आयोजनामा अनमोलप्रति लक्षित गर्दै एक/दुई हिट फिल्म दिएको भरमा नयाँलाई ‘मेघास्टार’ भनिनु तर आफूले लगातार १५ वर्षदेखि हिट चलचित्र गर्दा पनि ‘महानायिका’ र ‘मेघास्टार’ नभनेको भन्दै रेखाले मिडियाप्रति दुखेसो पोखिन् ।

 

रेखाको यस्तो भनाईले भुवनको पारो राम्रै सँग तात्यो । कसैले आफ्नो छोरालाई यस्तो भनिरहदा उनमा ‘इगो’ भावना पलाउनु स्वाभाविक नै हो । त्यसपछी भने छोरा अनमोलको चलचित्र ‘क्याप्टेन’ रेखाको ‘मालिका’ सँग जुधाउने भुवनको तयारी हो या सङ्योग हो यि दुई चलचित्र भिडन्त हुने खबर चर्चामा छ ।

तर, आइतवार भने निकै गजबको संयोग जुर्न पुग्यो । अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र ‘रामकहानी’ हेर्न भुवन र रेखा एकसाथ कुमार हल पुगेका देखियो । हल पस्दा भेट भएन तर निस्कँदा भने दुबै एकसाथ भए । अनि, मिडिया सँग उम्कने त मौका नै मिलेन ।

भुवनले आफ्नो छेउमा रहेकी पूजाको अभिनयको प्रशंसा गरिरहेको थिए त्यस बेला रेखा उनको पछाडि आइपुगिन् । पत्रकारले रेखालाई पनि क्यामेरा अगाडि आउन अनुरोध गर्‍यो अनी पूजाले पनि बोलाइन् । रेखा केही हिचकिचाइनन् । र उनले भुवनलाई मुस्कुराउँदै अंकमाल गरिन् ।

भुवन र रेखाले चलचित्रको तारिफ गरिसकेपछी मिडियाले दुबैलाई प्रश्न गरे, ‘तपाईहरुबीच दुश्म निको चर्चा छ नी ?’ रेखाले भने मिडियालाई नै दोष दिदै भनिन्-‘तपाईहरुले गर्दिनु भएको हो । हाम्रो त कहिले थिएन ।’ भुवनले पनि रेखाको कुरामा सहमती जनाईरहेको थियो ।

दुबैले आफूहरु ‘साथी साथी’ रहेको बताए । रेखा सधैं आफ्नो ‘फेभरेट’ रहेको भन्दै भुवनले प्रशंसाका शब्द बर्साउन समेत् भ्याए । रेखाले त भुवानलाई ‘महानायक’ नै भनिदिइन् । उनले आफूलाई पनि ‘लेडी भुवन केसी’ भन्न भ्याइन् ।

रेखाले अन्मोललाई ‘मेघास्टार’ भनिएकोमा आपत्ति जनाएपछि केही समय अगाडि अनमोलले यस विषयमा मुख खोल्दै भनेका थिए- ‘मेरो नजरमा रेखा नै ‘मेघास्टार’ हो ।’

एक कार्यक्रममा रेखाले पनि आफू ‘महानायिका’ र ‘मेघास्टार’ को ट्यागको भोको नभएको बताउदै भनेकी थि ई न्- ‘दर्शकको माया नै मेरो लागि सबैभन्दा ठूलो ट्याग हो ।’

अब, जान्न बाँकी छ के साच्चै रेखा र भुवनको वाकयुद्ध अन्त्य भयो वा जस्ताको तस्तै छ ?

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु