adv

यात्रुलाई अपराधी झैँ व्यवहार नगर्नु, यात्रु अपराधी होइनन् : महानिरीक्षक सर्वेन्द्र खनाल

आइतवार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कार्यालयको अनुगमन गरेका छन्। खनालले ट्राफिक प्रहरीको काम कर्तव्य र भूमिकाबारे समेत उपस्थित ट्राफिक प्रहरीलाई जानकारी गराए ।

 

महानिरीक्षक खनालले ट्राफिक प्रहरीले सवारी चालकलाई एउटा आपराधिक व्यक्तिलाई झैँ गर्ने व्यवहार नगर्नसमेत सुझाव दिएका छ न् । महानिरीक्षक खनालले भने-‘ यात्रुलाई नियम कानुन लगाउनु भनेको सुधारात्मक पाटो हो ।  कहिले काँहि ट्राफिक प्रहरी व्यवहारिक भएर यात्रुलाई व्यवहार गर्नुहोला । यात्रु अपराधी होइनन् ।’

 

उनले ट्राफिक प्रहरीले आफ्नो बोली, आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिए।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे जानकारी गराए। उपत्यकाभित्र अहिले १२ लाख भन्दा बढी सवारी साधनहरू गुड्ने गरेको प्रहरीको तथ्याङकले देखाउँछ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु