adv

यश कुमार अभिनीत तथा निर्देशित ‘छिरिङ्ग’ को ट्रेलर सार्वजनिक { हेर्नुहोस् ट्रेलर}

अभिनेता तथा गायक यश कुमार अभिनीत तथा निर्देशित चलचित्र ‘छिरिङ्ग’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका आयोजना गर्दै पत्रकारलाई देखाएपछि चलचित्रको ट्रेलर यूट्युबमा सार्वजनिक गरिएको हो ।

ट्रेलरमा प्रेम र द्वन्द्व भरिपूर्ण साथै मेकिङ उच्च देख्न सकिन्छ । यो चलचित्रले बहुपतिप्रथाको कथा बोल्नेछ । नव-नायिका कामना भुजेलले दुई अभिनेता तथा गायक यश कुमार र निमा रुम्बा सँग रोमान्स गर्नेछिन् । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको मुख्य कथावस्तु हो ।

 

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीले चलचित्र निर्माण गरेका हुँन् । चलचित्रको कथा यश कुमार र याम थापाले लेखेका हुन् । यश कुमारले यो चलचित्र मार्फत पहिलो पटक निर्देशन्मा हात हालेका छन् ।

चलचित्र ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । चलचित्र असोज १२ गते छ देशव्यापी प्रदर्शन हुँदैछ ।

ट्रेलर हेर्नुहोस् :

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु