सुनसरी, २७ भदौ ।
प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेश नं १ को नाम किरात प्रदेश राख्नु नै उपयुक्त हुने बताएका छन् ।
किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको धरानमा सुरु भएको प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री आङ्बोले सो कुरा बताएका हुन् । समय र परिस्थिति अनुसार प्रदेशको नामकरण गर्नुपर्ने र किरात प्रदेश राखिए सबै समुदायलाई समेट्ने भएकोले पनि किरात प्रदेश राख्न उपयुक्त रहेको बताएका हुन् ।
मन्त्रि आङ्बोले यस अघि पनि किरात प्रदेश नै उपयुक्त हुने भन्दै आएका थिए ।