adv

मोटरसाइकल/स्कुटर चलाऊनु हुन्छ ? घाँटी र ढाड जोगाउनोस् : डा. बद्री रिजाल   {स्वास्थ्यमा यस्ता द्डर्लाग्दो जोखिम हुनसक्छ}

मोटरसाइकल सबैभन्दा लोकप्रिय सवारीसाधन हो । जताबाट पनि सजिलै छिराउन सकिने र गन्तव्यमा चाँडै पुग्न सकिने अनी मध्यम वर्गले धान्न सक्ने भएकाले पनि मोटरसाइकल/स्कुटरको लोकप्रियता बढेको देखिन्छ ।

तर, दुई पाङ्ग्रे सवारीसाधन जति उपयोगी छ, यसले दिर्घकाल स्वास्थ्यमा निम्त्याउने जोखिम पनि उत्तिकै चिन्ताजनक देखिएको छ । अपरिपक्व चालक हुँदा मात्र होइन, अभ्यस्त र अनुभवीलाई पनि भिड्भाड सडकमा सवारी कुदाउनु सहज छैन ।

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. बद्री रिजालले खाल्डाखुल्डीमा नियमित मोटरसाइकल चलाउनेमध्ये धेरैमा घाँटी तथा ढाडको समस्या उत्पन्न हुनसक्ने बताएका छन् । बाइक तथा स्कुटीमा यात्रा गर्ने १८ देखि ३०/३५ वर्ष उमेर समूहका युवायुवती घाँटी तथा ढाडको समस्या लिएर अत्यधिक आउने गरेको उनी बताउछन् ।

खाल्डाखुल्डीमा बाइक/स्कुटी चलाउँदा घाँटी र ढाडमा असर पर्ने डा. रिजालको भनाइ छ । उनी भन्छन्- ‘सामान्यतय मोटरसाइकल चालकलाई अगाडि खाल्डाखुल्डी भएको पूर्वजानकारी छ भने उसले आफ्नो शरीरलाई पहिल्यै तयारी बनाउँन सक्छ । तर, अचानक खाल्डोमा पर्‍यो भने चालकको शरीर तयारी अवस्थामा हुँदैन । यस्तो बेलामा मांसपेशी तथा नशाहरु च्यातिने सम्भावना हुन्छ ।’

कहिले काहीँ बाइक स्कुटर चलाउँदा शरीरको सन्तुलन मिलेको हुँदैन । शरीरको लोड एक ठाउँमा मात्रै पर्‍यो भने उक्त ठाउँको मांसपेशी थाक्ने तथा च्यातिने हुन्छ । यसले गर्दा ढाडमा पीडा हुने समस्या आउछ ।

बस्ने पोजिसन नमिल्दा हुने समस्यालाई ‘मेकानिकल पेन’ भन्ने गरिन्छ । लामो समय एउटै पोजिसनमा बस्दा, बाइक चलाउँदा वा अन्य गतिविधि गर्दा पनि यस्तो समस्या उत्पन्न हुनेगर्छ । अस्पतालमा आउने ढाडका बिरामीमध्ये झण्डै ९० प्रतिशतमा मेकानिकल पेनको समस्या देखिने गरेको चिकित्सकको भनाइ छ । यसबाहेक, ट्युमुर लगायतका अन्य रोगका कारणले पनि ढाड दुख्न सक्छ । यस्तो समस्या कुल विरामीमा १० प्रतिशतसम्म हुनेगर्छ । नेपालमा मेकानिकल पेनको समस्या लिएर आउने बिरामीको यकिन तथ्यांक नभए पनि ओपिडीमा आउने बिरामीमध्ये करिब २० प्रतिशत बिरामीहरु ढाड, घुँडा तथा जोर्नी दुखाइको समस्या लिएर अस्पताल आउने गरेका छन् ।

ढाड दुख्नुमा मासंपेशी बाहेक अरु पनि कारण हुने भएकाले ढाडको दुखाइ बढेमा सगज हुनुपर्ने चिकित्सक बताउँछन् । डा. रिजाल भन्छन्- ‘कुनै काम गर्दा वा लामो समय बस्दा ढाड वा शरीरको मांसपेशी दुखेमा बस्ने पोजिसन फेरेर समस्यालाई कम गर्न सकिन्छ ।’ यस्तो समस्या भएका व्यक्तिले चिकित्सककहाँ जानुअगाडि ‘मैले के-के गतिविधि गरेको थिएँ’ भनेर मनन गर्न आवश्यक रहेको पनि रिजाल बताउँछन् ।

डा. रिजालका अनुसार यस्तो समस्या लिएर अस्पताल पुग्नेहरुमा काठमाडौका स्थानीयदेखि दुर्गमका बासिन्दासम्म रहेका छन् । तर, खाल्डाखुल्डी धेरै भएको ठाउँ र कच्चि सडक भएको क्षेत्रमा बस्नेहरु त्यस्तो समस्या लिएर अत्यधिक संख्यामा आउने उनको भनाइ छ् ।

बसमा लामो यात्रा गर्ने, दैनिक एक/डेढ घण्टा बाइक चलाउने तथा लामो समय एउटै आसनमा बसेर काम गर्नेहरुलाई पनि यस्ता खालको समस्या देखिन्छ । ४० वर्ष बढि उमेरका मानिसहरुमा पनि यो समस्या हुने गर्छ । शरीरको हड्डी कमजोर हुन थाल्ने भएकाले पनि यस उमेरमा बढि जोखिम हुनेगर्छ ।

डा. रिजाल अझ भन्छन्- ‘ढाड तथा घाँटीबाहेक हात तथा घुँडाका जोर्नी, कुम, हत्केलालगायत शरीरका अन्य अंगहरुमा पनि क्षति पुग्न सक्छ । जसले गर्दा ती ठाउँका जोर्नी तथा लिगामेन्ट च्यातिने र मर्किने सम्भावना उच्च हुन्छ । समयमै उपचार नगरेको खण्डमा यस्ता दुखाइले ‘क्रोनिक पेन’का रुप लिन सक्छ ।’

ढाड दुख्ने समस्या सुरुमा शाहअन नसक्ने गरी पीडाका रुपमा देखा नपरे पनि क्रमशः क्रोनिक पीडाका रुपमा बढ्दै जान्छ । साथै खाल्डाखुल्डीमा बाइक हाँक्दा मेरुदण्डको हड्डी सर्ने, डिस्क सर्ने, डिस्क बाहिर निस्कने लगायतका समस्या देखिने गरेको डा. रिजाल बताउँछन् । यस्तो समस्या भएमा कतिपय व्यक्तिको हात तथा नशा झम्झमाउने र निदाउने गर्छ ।

ढाड सम्बन्धी समस्या हुँदा देखिने लक्षणहरु यसप्रकार रहेको छ –

– ढाड, कुम, घाँटी तथा शरीरका अन्य अंगमा पीडा महसुस हुने
– थोरै काम गर्दा पनि मांसपेशी गल्ने, झम्झमाउने, हातखुट्टा निदाउने
– आधा घण्टाभन्दा बढी समय कुर्सीमा बस्न नसक्ने
– थोरै हिँड्दा खुट्टा तथा घुँडा दुख्ने
– धेरै थकाइ लाग्ने

यस्ता लक्षणहरु देखिएमा तुरुन्तै चिकित्सककहाँ सम्पर्क गर्नुपर्छ ।

यस्ता समस्या बाट कसरी बच्ने ?

यस्ता समस्याहरुबाट बच्न सबैभन्दा पहिले मोटरसाइकल/स्कुटरको गति घटाउनुपर्ने डाक्टरहरुले सुझाव दिएका छ न् । त्यस्तै सकभर लामो दुरी बाइकमा यात्रा नगर्ने र गर्नै परे पनि छोटो छोटो समयमा ब्रेक लिएमा यस्ता दुखाईलाई कम गर्न सकिन्छ । लामो समय एउटै पोजिसनमा बाइक चलाउँदा मांसपेशी थाक्ने, कडा हुने तथा च्यातिने सम्भावना अत्यन्तै धेरै हुन्छ । नेपालमा लामो दुरीमा बसको यात्रा गर्दा खल्डाखुल्डीका कारण ढाड कक्रेको, ढाडको नशा च्यापिएको, ढाडको हड्डी खुस्किएको तथा हड्डी सरेको केसहरु पनि प्रशस्तै भएको चिकित्सकहरु बताउँछन् ।

दैनिक जीवनशैलीमा सन्तुलित भोजन मात्र होईन बस्ने पोजिसन पनि शाही हुनु पर्छ । सन्तुलित आहारमा भिटामिन, मिनरल्स, प्रोटिन, कार्बोहाइड्रेड, क्याल्सियम, भिटामिन ‘डी’ लगायत पर्छन् । तर, आजकलको व्यस्त जीवनशैलीका कारण शरीरले पर्याप्त मात्रामा पोषणतत्व पाइरहेको हुँदैन । जुन शरीरका लागि अत्ती आवश्यक छ ।

 

त्यस्तै, व्यस्त जीवनशैलीका बीच ढाडको बोझ कम गर्ने सबैभन्दा राम्रो उपाय भनेको दिनमा कम्तिमा चार किलोमिटर हिँड्नु हो । यसको साथै, फिजियोथेरापिस्टको एक्सरसाइज गरेर पनि ढाड तथा मेरुदण्डलाई बलियो बनाउन सकिने चिकित्सकको भनाइ छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु