adv

फाल्गुनन्द सडक–खण्ड अबको ४ बर्षमा पुर्ण हुने उपोभोक्ता समितीको दावी

१ असोज  ।   झापाको दमक देखि इलामको चिसापानी जोड्ने छोटो दुरीको दमक चिसापानी रबि ‘फाल्गुनन्द सडकखण्ड’ अबको ४ बर्षमा पुर्ण हुने उपोभोक्ता समितीका अध्यक्ष गगन पुरीले बताएका छन् । सो सडकखण्डको साढे ६ किलो मिटर सडक भने यसै बर्ष कालोपत्रे हुने पनि उनले बताएका छन् ।

समितिले आज दमकमा पत्रकार सम्मेलन गरि सो योजनाहरुको बारेमा जानकारी दिएको हो । उक्त योजना अनुसार सडक बिकाशकालागी संधिय सरकारले २ अर्ब २० करोड रुपैया बजेट समेत बिनियोजन गरीसकेको जनाईएको छ ।

 

तिन दशक अघिबाट निर्माण शुरु गरिएको सडकको ट्रयाक गत वर्षमात्र सम्पन्न गरिएको थियो । सडकको ट्रयाक खोल्ने काम संगै सडकमा पर्ने खोला तथा खोल्छाहरुमा कल्भर्ट तथा साना पुलहरुको निर्माण कार्य पनि चालु राखिएको थियो ।

अहिले उक्त सडक अन्तर्गतका आधा दर्जन खोलामा ठुला पुल निर्माणका कार्य पनि सम्पन्न हुने अवस्थामा रहेको बताईएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु