यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ को दुई नयाँ पोस्टर यसको निर्माण टिमले सार्वजनिक गरेको छ । पोस्टरमा प्रमुख कलाकार आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठलाई मात्र देख्न सकिन्छ । आर्यन र सृष्टिलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
सार्वजनिक पोस्टर हेरेपछी अनुमान गर्न सकिन्छ कि चलचित्र ‘बाँध मायाले’ पूर्ण रुपमा लभ स्टोरी चलचित्र हो । निर्मता रामहरी धिताल र विभिषिका श्रेष्ठले चलचित्रलाई संयूक्त रुपमा निर्माण गरेका हुन् ।
बाबु श्रेष्ठले खिचेको चलचित्रमा द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रमा सृष्टि र आर्यनसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
आर्यन र सृष्टिले चलचित्र ‘बाँध मायाले’ मा पहिलो पटक स्क्रिन शेयर गरेका हुँन् । चलचित्रमा आर्यन {अर्जुन} र सृष्टिल {श्रद्धा} को भूमिकामा देखिएका छन् । यो चलचित्रलाई निर्देशक सविर श्रेष्ठले यसका निर्देशन गरेका हुन् । यो चलचित्र ‘बाँध मायाले’ बक्सअफिसमा ‘इन्टु मिन्टु लण्डनमा’ सँग भिड्ने भएको छ ।
यस चलचित्रको गीतसंगीत र ट्रेलरले त सकरात्मक प्रतिकृया पाएको छ । तर, अब हलमा दर्शकको उपस्थिति कस्तो रहला ? त्यो भने थोरै समय कुर्नुपर्नेछ ।