कात्तिक १६ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टिस्टारर चलचित्र ‘चङ्गा चेट’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । यो चलचित्रको पहिलो गीत ‘गोजीमा दाम छैन’ बोलको गीतलाई यूट्युबमा ४५ लाख बढीले हेरिरहदा निर्माण टिमले ‘ढल्की ढल्की’ बोलको गीत सार्वजनिक गरिएको हो ।
यस गीतमा रियल जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीले ढल्की ढल्की कम्मर मर्काएका छन् । साथमा, सन्दिप क्षेत्री, रबिन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा पनि भिडियोमा फिचर्ड छन् ।
गीतमा अल्मोडा राना उप्रेतीले सुमधुर स्वर दिएका छन् भने, हरिहर तिमल्सिनाको शब्द तथा मिस्टर आरजेले संगीत भरेका छन् । गीतका कोरियोग्राफरमा प्रविन सिंह रहेका छ्न् । चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका छन् भने, माधव वाग्ले र शर्मिला पाण्डेले सयूंक्त रुपमा बनाएका हुन् ।
चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा अर्जुन पोखरेलको पनि संगीत रहेको छ । निरक कँडेलले छायांकन गरेको चलचित्रको सम्पादन दिर्घ खड्काले सम्हालेका छन् । निर्देशक खनालले चलचित्र डार्क कमेडी रहेको बताएका छन् ।
चलचित्रमा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको मुख्य भूमिका रहेको छ भने सूर्य ठोकरले द्वन्द्वको जिम्मे वारी सम्हालेका छन् । पहिलो गीतबाट राम्रो प्रतिक्रियाले उत्साहित बनेको निर्माण टिमल दोस्रो गीतबाट पनि दर्शकको सकरात्मक प्रतिक्रिया आउछ भन्ने कुरामा विश्वस्त रहेको छ ।
भिडियो हेर्नुहोस् :-