adv

असोज तीन कालो दिन ससफो केन्द्रको निर्णय नभएको तर लिम्बुवान प्रदेशले भने कालो दिनकै रुपमा लिने

दमक, २ असोज ।
संघीय समाजवादी फोरम नेपालले यस वर्षको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउनका लागि कुनै पनि निर्णय नभएको बताएका छन् । तर संघीय समाजावादी फोरम नेपाल लिम्बुवान प्रदेश समितिले भने असोज ३ लाई कालो दिनको रुपमा नै मनाउने जारि विज्ञप्तीमा उल्लेख छ ।

छुट्टा छुट्टै जारी विज्ञप्तीमा संघीय समाजवादी फोरम, नेपाल केन्द्ीय समितिले असोज ३ लाई विरोध गर वा उत्सव मनाउ कुनै पनि कुरा स्पष्ट आएको देखिन्दैन भने ससफो लिम्बुवान प्रदेश समितिले जारी गरेको विज्ञप्तीमा माग पुरा नभए सम्म कालो दिनको रुपमा मनाउने उल्लेख गरेको छ ।
लिम्बुवान प्रदेशको जारी विज्ञप्तीमा भनिएको छ  ७१ वर्षे यो संविधानको यात्रामा ७ वटा संविधानहरु परिवर्तन भए र २०७२ असोज २ गते जारि भएको संविधान विभेदकारी रहेको ठहर गर्दै पहिचानको आधारमा अरुण पूर्व ९ जिल्ला लिम्बुवान कायम गरिनु पर्ने र सिमाङ्कनको आधारमा १० प्लस १ प्रदेश कायम गरिनु पर्ने लगायतका मागहरु संविधान संसोधनबाट पुरा गर्नु पर्ने लिम्बुवान प्रदेश अध्यक्ष खगेन्द्र माखिम द्वारा हस्ताक्षरित विज्ञप्ती आज असोज २ गते जारि गरेको छ ।
तर संघीय समाजवादी फोरम, नेपाल केन्द्रीय समितिले असोज १ गते विज्ञप्ती जारी गर्दै विगत वर्षहरुमा संविधान दिवस अर्थात असोज ३ गतेलाई विभेदकारी संविधान जारी भएको भनि कालो दिनको रुपमा विरोध गर्दै सबै जाति, धर्म, लिङ्ग, वर्गको अधिकार सुनिश्चित हुने गरी संविधान संसोधनको माग सहित विरोध गर्दै आएको थियो ।
संघीय समाजवादी फोरम, नेपालले संविधान संसोधनको माध्यमबाट संविधान संसोधन र परिमार्जित गर्दै संविधानमा भएको कमि कम्जोरीलाई सच्याएर भएका उपलब्धिहरुलाई संस्थागत गर्दै थप उपलब्धिहरु प्राप्त गर्न ससफो नेपाल र सरकारमा रहेका दलहरुसँग साझेदारी गरी सरकारमा रहेको जनाएको छ । साथै संविधान संसोधन गर्न वर्तमान अवस्थामा सरकार सहमत भइसकेकाले असोज ३ कालो दिन मनाउने कुराका बारेम छलफल नभएको जारि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु