चलचित्र ‘प्रसाद’ को ‘लै लै….’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘गीतमा सुवाष भुषालले संगीत भरेका छन् भने केतन क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । गणेश शाहीले गीतका शब्द लेखेका हुन् ।
गीतको भिडियोमा केही चल/अचल दृश्यहरु राखिएको छ । विपिन र नम्रताले भागी विवाह गरेर काठमाडौं छिरेपछि उनिहरुको जीवनमा आउने संघर्षलाई गीतमार्फत् देखाउन खोजिएको छ । गीतका शब्दहरु मिठा र मार्मिक सुन्न सकिन्छ । गाएक केतनले पनि निकै मिठास आवाज भरेका छन् ।
लिड कलाकारको लुक्सलाई गीतको लिरिकल भिडियोमार्फत् रिभिल गरिएको छ । चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेका हुन् भने निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । चलचित्रको कथा भने पत्रकार सुशील पौडेलले लेखेका हुन् ।
सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको साथमा निश्चल बस्नेतलाई पनि प्रमुख भूमिकामा देख्न सकिनेछ । चलचित्र मंसिर २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
लिरिकल भिडियो हेर्नुहोस्: