४ असोज ।। आन्दोलनरत सवारी चालकहरुले मुलुकी संहिताको विरोधमा बन्दको अवज्ञा गरेको भन्दै आफ्नै सहकर्मीहरुलाई जुत्ताको माला लगाई दिएका छन् ।
बन्दका कारण विभिन्न जिल्लामा सार्वजनिक यातायातका साधनहरु निकै कम मात्र गुडिरहेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलको अनुसार- विभिन्न ठाउँमा सडकमा गुडिरहेका सवारीहरुलाई रोकेर जुत्ताको माला लगाएर मानमर्दन गर्ने काम भएको छ । पूर्वघोषित कार्यक्रममा सवारीको चाबी बुझाउने भनिएको थियो तर, चालकलाई कालोमोसो, जुत्ताको माला लगाउने जस्ता गतिविधि भएको छ ।
आन्दोलनकारीले धादिङको सिम्ले, झापाको विर्तामोड, कपिलवस्तुको चन्द्राैटा, महोत्तरीको वर्दिवास, बारा, पर्सा लगायतका जिल्लाहरुमा यात्रु सहितका सवारी साधनलाई रोक्ने र चालकलाई जुत्ताको माला लगाइ दिएका छन् ।
मजदुरलाई कसैले भड्काएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव नवराज घिमिरेले बताएका छ न् । मुलुकी अपराध संहिता र यातायात व्यवस्था ऐन २०४९ मा भएको संशोधनमा दुर्घटनामा कसैको मृत्यु भए चालकलाई ५ देखि १२ वर्ष कैदको व्यवस्था भएको भनी झुटो प्रयास भएको पनि उनले बताए ।
उनले भनेका छन् – ‘निर्दोष चालकहरु जेल गइहाल्नु पर्ने अवस्था छैन । तर, ऐनमा नभएको कुरा प्रचार गरेर मजदुरहरुलाई भड्काइयो ।’
यातायात मजदुरहरुको आवरणमा गलत तत्वले उदण्डता मच्चाउने काम भएको संगठनले जनाएको छ ।