adv

दमक बहुमुखी क्याम्पसमा तालाबन्दी दमक

 ७ असोज । दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले आज आइतबार क्याम्पस तालाबन्दी गरेको छ । आदिवासी जनजाति विद्यार्थीहरुको शैक्षिक अभिवृद्धि तथा छात्रवृत्ती अन्तरगत आदिवासी जनजाती विद्यार्थी कल्याण कोषमा रहेको रकमले हाल सम्म कुनै पनि कार्यक्रम सञ्चालन नगरिएको ले उक्त कोषको अविलम्ब कार्यन्वयन गर्नु पर्ने माग सहित विद्यार्थी महासंघले विभिन्न समय समयमा क्याम्पस प्रशासनको ध्यान्कर्षण गराउदै आएको थियो । असोज ५ गते शुक्रबार समेत अबिलम्ब उक्त कोषको रकम सार्वजनिक गरि कार्यन्यवन गर्न गराउन पुनः ध्यान्कर्षण गराएको आदिवासी जनजाति विद्यार्थीहरुले २ दिन सम्म समेत क्याम्पस प्रशासनबाट कुनै प्रतिक्रिया नआए पछि तालाबन्धि गरेको बताएका छन् । सेप तथा हेप कार्यक्रम अन्तर्गत आदिवासी जनजाती विद्यार्थीको शैक्षिक तथा ब्यक्तित्व अभिवृद्धीका लागी आदिवासी जनजाति कल्याण कोष बनेको हो । तर विगत लामो समय देखि उक्त कोषबाट कुनै पनि कार्यक्रमहरु सञ्चालन नभएको तर सातौ क्याम्पस सभामा उक्त अक्षय कोषको रकमबाट आदिवासी जनजाति विद्यार्थीहरुका लागि खर्च गरीदै आएको भनि झुटो प्रतीवेदन पेश गरेको जिकिर गरेका छन् ।

नेपाल आदिवासी विद्यार्थी महासंघ, किरात राई विद्यार्थी संघ, नेपाल तामाङ विद्यार्थी घेदुङ र लिम्बु विद्यार्थी मञ्चले संयुक्त रुपमा शुक्रबार ज्ञापन पत्र बुझाएको थियो । तर क्याम्पस प्रसासनले कुनै जवाफ नदिएको कारण बाध्य भएर तालावन्दी गर्नु परेको दमक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी समेत रहेका किरात राई विद्यार्थि संघ झापा जिल्ला अध्यक्ष सुनिल राईले बताए । क्याम्पस प्रसानले अझै अटेर गरे झनै कडा आन्दोलनमा उत्रने र घटनाको सम्पुर्ण जिम्मेवारी क्याम्पस प्रसासनले लिनु पर्ने उनिहरुले चेतावनी दिएका छन् । तर दमक बहुमुखी क्याम्पस प्रमुख उत्तम भट्टाइसँग फोन सम्पर्क गरी जानकारी लिदा तालाबन्दी सम्बन्धि आफुलाई जानकारी नभएको बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु