९ असोज, झापा ।। दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आईतबार लगाएको ताला आज खोलेका छन् । आज बसेको बैठकमा सहमती भएपछी ३ दिन देखी लागेको ताला आज खुलेको हो ।
सेप तथा हप कार्यक्रम अन्तर्गत आदिवासी जनजाती विद्यार्थीको शैक्षिक तथा ब्यक्तित्व अभिबृद्धीका लागी बनेको १० लाखको अक्षयकोष बाट अहिले सम्म कुनै कार्यक्रम संचालन नगरेको भन्दै उनिहरुले क्याम्पसमा ताला लगाएका थिए ।
क्याम्पस प्रमुख उत्तम प्रसाद भट्राईको अध्यक्षतामा संयुक्त रुपमा बसेको बैठकमा सो अक्षय कोषको रकम संञ्चालनका लागी एक कार्य समीती गठन गरी आउदो असोज २० सम्ममा कार्यक्रम संञ्चालनका लागी निर्देशिका तयार गर्ने सहमती भएको विद्यार्थी नेता सुनिल राईले बताउनुभयो ।
शुशिल धिमालको संयोजकत्वमा गठत भएको समितीले आउदो असोज २० गते सम्ममा अक्षय कोशको रकम परिचालनका लागी निर्देशिका तयार गर्ने छ । सोहि निर्देशिकाको आधारमा आउदो समयमा कोशको रकमलाई आदिवासी विद्यार्थीको क्षेत्रमा परिचालन गरिने सहमती भएको छ ।
सहमती पश्चात ताला खोल्दै किरात राई विद्यार्थी संघ झापा जिल्ला अध्यक्ष सुनिल राईले आदिवासी विद्यार्थीहरुलाई आफ्नो अधिकार प्राप्तीका बिषयमा विश्वस्त रहन आग्रह गर्नुभयो । आफ्नो अधिकार प्राप्ती गर्न र गराउनका लागी आफु सधै तत्पर र तयार रहेको पनि उहाँले बताउनुयो ।
आदिवासी विद्यार्थी महासंघ, किरातराई विद्यार्थी संघ, नेपाल तामाङ विद्यार्थी घेदुङ र लिम्बु विद्यार्थी मञ्चले संयुक्त रुपमा गत आईतबार क्याम्पसमा ताला लगाएका थिए ।