आलु अधिकाङ्स मानिसले मन पराउछन् । संसारको जुनसुकै ठाउमा पनि पाउन सकिन्छ आलु । अरु तरकारीको दाजोमा सस्तो पर्ने भएकाले
पनि आलुलाई धेरैले रुचाउँछन् । आलुबाट विभिन्न किसिमका स्वादिला परिकारहरु बनाउन सकिन्छ । त्यती मात्र होइन आलुलाई जुनसुकै तरकारीसँग पनि मिसाउन सकिन्छ । त्यसैले यो सर्वप्रिय पनि छ । यसरी आलुलाई सबैले मनपराउने र स्वादिलो तरकारी भएकै कारण यसलाई तरकारीको राजा पनि भनिन्छ । हाम्रो देशमा मात्रै होइन विश्वभरमा सबैभन्दा धेरै आुलको सेवन गरिन्छ । धनी परिवार देखि गरिब परिवार सम्म आलु सबैको भान्छामा नियमित पाक्ने गर्छ ।
आलु स्वादमा मात्रै लोकप्रिय छैन यसको फाईदा पनि उत्तिकै धेरै छ । आलुबाट विभिन्न किसिमका स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ ।
आलुको सेवनले पाचन प्रक्रियामा सुधार, मुटुको स्वास्थ्य राम्रो बनाउने, कोलेस्टेरोलको स्तर कम गर्ने, रगतमा सुगर लेभल नियन्त्रण गर्ने र क्यान्सरलाई रोक्न मद्धत मिल्छ ।
यस बाहेक आलुले रक्तचाप कम गर्छ, अनिन्द्रा हटाउँछ, प्रतिरक्षा प्रणालीलाई मजबुत गर्छ र उमेर बढ्दै गएको देखिने संकेत कम गर्छ, तरल सन्तुलन बनाइराख्छ, छालाको रक्षा गर्छ र आँखाको हेरविचारमा सहयोग गर्छ । हरेक व्यक्तिले दैनिक कम्तीमा पनि १ आलुको सेवन गर्नुपर्छ भन्ने सल्लाह चिकित्सकहरुले पनि दिने गर्छन् ।
आलूमा सबै महत्वपूर्ण पोषक तत्वहरु हुन्छन् । आलुलाई आफ्नो खानामा किन समावेश गर्नुपर्छ ? आउनुहोस् यसबाट हुने केही फाईदाहरु जानिराखौ–
१. रक्तचाप नियन्त्रण गर्छ
रक्तचाप नियन्त्रणमा राख्नको लागि कम सोडियम आहार आवश्यक हुन्छ । साथै, पोटासियमको उच्च मात्रा पनि समान रुपले हुन महत्वपूर्ण हुन्छ । पोटोसियमले रक्तनलीको चौडाइलाई बढाउँन मद्घत गर्छ । पोषक तत्वहरु- जस्तै क्याल्सियम र म्याग्निसियम सबै आलुमा पाइने भएकोले गर्दा आलुको सेवानले रक्तचापलाई नियन्त्रित गर्न धेरै मद्धत गर्छ ।
२. क्यान्सरबाट बचाउँछ
फल र सब्जीहरुका साथै आलुपनि उच्च फाइबर स्रोत हो जसले कोलोरेक्टरल क्यान्सरको जोखिमलाई कम गर्न मद्घत गर्छ । आलुमा भिटामिन ‘सी’ र कार्सेन्टिन एन्टि अक्सिडेन्ट पाईन्छ । जसले हाम्रो शरीरलाई क्यान्सरको विनाशकारी प्रभावबाट बचाउँछ ।
३. मुटुलाई स्वास्थ्य राख्छ
आलूमा फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन बि६ पाइने भएकोले गर्दा यसले रगतमा कोलेस्ट्रोलको स्तरलाई कम गर्न मद्धत गर्छ । जसले मुटुको बिरामीको जोखिम कम हुन्छ ।
४. मस्तिस्कको लागि फाईदाजनक छ
मस्तिस्कको उचित कार्यप्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्मोन र एमिनो एसिडमा निर्भर हुन्छ । र आलुमा यो सबै तत्व पाइने भएकोले गर्दा आलु मस्तिस्कको लागि पनि निकै लाभकारी रहेको छ । आलुले मस्तिस्कलाई थाक्नबाट रोक्नुको साथै, तपाईंलाई हरेक समय सतर्क राख्न मद्घत गर्छ ।