सिदिन, (ओगेम्बा) पांचथर
उच्च पहाडि भेगमा पाईने लिम्चुङबुङ जसलाई स्थानिय भाषामा धसिङग्रे पनि भनेर चिनिन्छ । यो पहाडि भेगको १५०० मिटरदेखि ३००० मिटर उचाईसम्म पाईने गरिएको छ । यो किरात सभ्यतासँग जोडिएर आएको एउटा छुट्टै इतिहास बोकेको सुगन्धित फुल हो । हाल आएर यसलाई प्रशोधन गरेर यसबाट निकालिएको तेललाई विभिन्न कामको लागि उपयोगी समेत रहेको पाईन्छ ।
यसबाट प्रशोधित तेल प्रतिलिटर रु. ६,०००/– सम्म विक्रि गर्न सकिने । यो जंगलमा पाईने विरुवा भएता पनि यसको प्रशोधनका लागि सामुदायिक वनको स्वीकृतबाट काम गर्नु पर्ने हुन्छ ।
हाल आएर पाँचथर जिल्लामा ३ स्थानमा यसको प्रशोधन केन्द्रहरु संचालनमा आएको छ । जस अन्तर्गत फिदिम नगरपालिका वडा नं. १३ को मकैवारी ठुलोडुढ सामुदायिक वन फालेलुङ ६ को बुढीथान सामुदायिक वनमा विगत २ वर्ष अगाडीबाट र हालै फालेलुङ–६ को कन्यादेवी सामुदायिक वनमा शुरु भएको छ । साथै कन्यादेवी सामुदायिक वनमा श्री दीप ज्योति युवा क्लवको सहकार्य र पहलमा द माउण्टेन इन्ष्टिच्युट MTI हेल्पाक HELPAC र हिमालय बायोट्रड प्रा.लि. HBTL को सहयोगमा प्रशोधन केन्द्र स्थापना भएको छ । यसको प्रशोधन र निकासीको लागि उद्योग दर्ता गरेर सामुदायिक वनको कार्ययोजनामा समेत लिम्चुङबुङ (धसिङ्ग्रे) संकलन निकासी सम्बन्धि कुराहरु राखिनु पर्दछ भन्दै श्री दीप ज्योति युवा क्लव, सिदिन पांचथरका प्रबन्ध निर्देशक श्री सुनिल वान्तावाले जानकारी गराउनु भयो ।