भारतको बिहारमा घटेको एउटा घटनाले अहिले पुरै भारत आतंकीत भएको छ । रुखमा पतिलाई बाँधेर उनको श्रीमती र छोरीलाई एकैचोटी बलात्कार गरेको घटनाले पुरै भारत आतंकित भएको हो । भारतीय मिडियाले जघन्य अपराधको घटनालाई निकै प्राथमिकताका साथ छापेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार बिहारका एक व्यक्तिलाई रुखमा बाँधेर उनकै अगाडी उनकी श्रीमती र छोरीको सामुहिक बलात्कार भएको थियो । बिहादर प्रहरीले बलात्कार संलग्न भएको आशंकामा करीव २० जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका केहि मध्ये पिडितले उनिहरुको पहिचान गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन । घटना गम्भीर रुपमा लिएर अनुसन्धानको लागि उच्च स्तरको छानविन समिति गठन गरिएको प्रहरीले बताएको छ । घटनालाई राजनितिकरण गर्न खोजीएको भन्दै त्यसको पनि बिरोध भएको छ ।