adv

बुहारीले गम्भीर आरोप लगाएपछि ससुराले लिंग काटे, सासुले आत्महत्या गरिन्

बुहारीले बलात्कार गरेको गम्भीर आरोप लगाएपछि ५४ वर्षीय ससुराले आफ्नो लिंग नै काटि दिएका छन् । भारतको राजस्थान निवासी ससुराले १२ वर्षदेखि क्यान्सरको उपचार गराउँदै आएका थिए । बुहारीले त्यस्तो आरोप लगाएपछि सुरुमा विष खाएर आत्मा हत्याको प्रयास गरेका गरेका थिए ।

गत बुधबार गम्भीर अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । गत २७ अगष्टका दिन बुहारीले प्रहरीमा बलात्कारको उजुरी गरेपछि सासु-ससुरा दुबैले विष खाएका थिए । लगत्तै सासुको ज्यान गयो भने ससुराको अवस्था गम्भीर छ । उनीहरुको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीमा परेको उजुरीमा ति महिलाले आफ्नो श्रीमान, ससुरा, सासु, जेठानीमाथि दुस्कर्म गरी आफुँमाथि कुटपिट गरेको गम्भीर आरोप लगाएकी छन्। यो उजुरी र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

-एजेन्सी

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु