adv

सभ्य समाजको दोस्रो साधारण सभा सम्पन्न आगामी वर्ष ऋण लगानी १ करोड ६६ लाख पुर्याउने लक्ष्य

सभ्य समाज कृषि सहकारी संस्थाको दोश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । दमक–९ मा रहेको सभ्य समाजको साधारण सभा कन्काई पार्टी प्यालेसमा एक कार्यक्रम गरी सम्पन्न गरेको हो ।

संस्थाका पदाधिकारीहरु सहित उपस्थित अतिथिहरु

कार्यक्रमको सञ्चालन संस्थाका सचिव पुण्यप्रसाद खनालले गर्नुभएको थियो । संस्थाका अध्यक्ष रमेशकुमार कामत (विश्वास बाबु) ले सञ्चालक समितिको आ.व. २०७४/०७५ को प्रतिवेदन र लेखा संयोजक प्रहर क्षेत्रीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कार्यक्रमको स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष सुरज धिमालले राखेका थिए ।

संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष विश्वास बाबु

सभाको उद्घाटनमा संस्थामा कारोबार गर्नेहरु मध्ये उत्कृष्ट वचत कर्ता २८ जना, उत्कृष्ठ बाल बचत तर्फ ३ जनासहित उत्कृष्ठ ऋण्ी तर्फ ९ जना र १६ जना प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको साथै त्यस अवसरमा दुवै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको संस्थाका व्यवस्थापक आदेश ताजपुरियाले बताए ।

उत्कृष्ट बाल वचतको प्रशंसा पत्र ग्रहण गर्दै एक बालक

सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघका लेखा समिति सदस्य चुडामणी ओझा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, रोटरी क्लव अफ दमकका अध्यक्ष मोहन ढकाल लगायतले सहकारीले कृषि क्षेत्रमा आफनो पहुँच बृद्धि गर्न सुझाव दिएका थिए । साथै निम्स हस्पिटलका अध्यक्ष बलभद्र कोइरालाले यस संस्थाका सबै सदस्यहरुलाई आफ्नो हस्पिटलमा उपचार गर्नको लागि २५ प्रतिशत सम्म छुटको व्यवस्था गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भयो । साथै दमक बहुमुखी क्याम्पसका सञ्चालक सदस्य रोशन विष्ट, दमक जेसीज वर्ष २०१८ का अध्यक्ष चन्द्र खत्रीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि

लामो समयदेखि निष्पक्ष रुपमा पत्रकारिता क्षेत्रमा लाग्नु भएको स्थानिय पत्रकार विष्णु सुब्बालाई उक्त कार्यक्रमविच सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।

सम्मान–पत्र ग्रहण गर्दै पत्रकार विष्णु सुब्बा

५ सय ८६ जना शेयर सदस्य रहेको सो कृषि सहकारीको शेयर पूंजी ४४ लाख ७४ हजार ६ सय पुगेको छ । सहकारीले चालु बर्षमा १ करोड ६६ लाख ८४ हजार ५ सय पुर्याँउने लक्ष्य लिएको छ । आज सम्पन्न सहकारीको वन्दसत्रले संस्थाको कारोवार बृद्धि गर्न विभिन्न ऋण शीर्षकमा सो रकमको लक्ष्य पारित गरेको हो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु