लायन्स क्लब अफ दमक स्विट सिटिले सोमबार बाँझो गाउँ माध्यमिक विद्यालय, चुलाचुली–५, शिखरकटेरी, इलाममा एक कार्यक्रम गरी विद्यार्थीहरुको लागि स्कुल ब्याग वितरण गरेको छ ।
स्विट सिटिले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ, त्यस अन्तर्गत यो कार्यक्रम निकै महत्वपूर्ण कार्य रहेको छ । विद्यालयमा रहेको दलित, जनजाति, सिमान्तकृत आदि समुदायमा रहेका विद्यार्थीहरुलाइ लक्षित गरेर आफ्नो महत्वपूर्ण किताब, कापि, कलम जस्ता सामानहरु राख्नका लागि ९० जना विद्यार्थीहरुलाइ स्कुल ब्याग वितरण गरेको क्लबका अध्यक्ष लायन रमेश कुमार कामत (विश्वास बाबु) ले बताउनु भयो ।
कार्यक्रमको संयोजक लायन भिमप्रसाद पौडेलले गर्नु भएको थियो । रिजन चियर पर्सन डा. प्रहर क्षेत्रीको प्रमुख अतिथि, सभाध्यक्ष क्लबका अध्यक्ष विश्वास बाबु, साथै जोन चियर पर्सन कोमल शाक्यको पनि उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिले कार्यक्रम विच आफ्नो कुरा राख्दै भन्नु भयो “लायन्स क्लबहरुको विविध सामाजिक कार्यहरु अन्तर्गत यो आजको विशेष कार्यक्रम रहेको र चाडै नै स्वीट सिटी संगै सहकार्य गरेर यस विद्यालयमा हेल्थ क्याम्पको पनि आयोजना गरिने वताउनु भयो ।”
औपचारिक कार्यक्रमको अन्त्यमा सबै विद्यार्थीहरुलाई पालैपालो गरेर ब्याग वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै विद्यालयका शिक्षक धर्मप्रसाद आचार्यले लायन्स क्लब अफ दमक स्विट सिटी परिवारलाई हृदयदेखि कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो साथै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्क्षा समेत गर्नु भयो ।