adv

पत्रकारदेखि डाक्टरसम्म ६०९ जना मापसे कारवाहीमा

७ कात्तिक ।। सवारीसाधान दुर्घटना न्यूनिकरण गर्न दुई साता अघि मोरङ प्रहरीले सुरु गरेको मापसे विरुद्धको अभियानका क्रममा ६०९ जना कारवाहीमा परेका छन् ।

मादक पदार्थ सेवन (मापसे) गरी ड्राइभिङ गर्दा कारवाहीमा परेकाहरु मध्ये ३६९ जनाले लिखित र ६३ जनाले मौखिक परीक्षा दिएका थिए । परीक्षा दिएका मध्ये ३३४ जना मात्रै उत्तीर्ण भए ।

गत असोज २३ गतेदेखि सुरु परीक्षामा पत्रकारदेखि, निजामती कर्मचारी, डाक्टर, इन्जिनियरले सहभागिता जनाएका छन् । तर, कसैले सोधिएका सबै प्रश्नको उत्तर भने मिलाउन सकेनन् ।

मापसे गर्नेलाई प्रहरीले ८० वटा प्रश्न सोध्ने गरेको छ । परीक्षामा सहभागी भएकाहरु मध्ये केहीले ७० वटा प्रश्नको उत्तर मिलाएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार लेख्न र पढ्न जान्नेलाई लिखित र नजान्नेलाई मौखिक प्रश्न सोधिदै आएको छ । उनले भने- ‘सबै प्रश्नको उत्तर कसैले मिलाएको जस्तो लाग्दैन्, तर सवारी दुर्घटना र अपराधिक गतिविधिमा भने कमी आएको छ ।’

सुरुमा परीक्षामा ८० प्रतिशत उत्तर नमिलाउनेलाई पुनः परीक्षा दिनुपर्ने व्यवस्था थियो । तर, थोरैले मात्र ८० प्रतिशत उत्तर मिलाएपछि प्रहरीले सोधिएका मध्ये ६० प्रतिशत प्रश्नको सही उत्तर दिनुपर्ने नियम बनाएको छ ।

 

यसअघि मापसे गरी सवारी चालकलाई जरिवाना गरी सचेत गराएर छोड्ने गरेको थियो । गत असोज २३ गतेदेखि प्रहरीले मोटरसाइकल प्रयोगकर्तालाई परीक्षा लिने गरेको छ भने ठूला सवारीसाधन चलाउनेलाई सार्बजनिक मुद्दा दर्ता गर्दै आएको छ ।

दुई साताको अवधिमा एक भारतीयसहित २ जना ठूला सवारी चालकलाई ‘सार्बजनिक हित’ विरुद्धको कसुरमा मुद्दा चलाइएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

 एक तिहाई भारतीय कारवाहीमा

चाडपर्बको मुखमा सुरु गरिएको अभियानमा नेपालीकै हाराहारीमा भारतीय नागरिक पनि कारवाहीको दायरामा आएका छन् । प्रहरीका अनुसार दैनिक ५ देखि १० जनासम्म भारतीय नागरिक परीक्षामा सहभागी हुने गरेका छन् ।

भारतको बिहारमा मदिरा बिक्री वितरण प्रतिबन्ध छ । खुला सीमाका कारण सिमावर्ती नाका रानी हुँदै मापसेका लागि विराटनगर आउनेहरु फर्कने
क्रममा कारवाहीमा पर्ने गरेका हुन् । भारतीय नागरिकलाई भने प्रश्न सोधिने गरिएको छ । जिल्ला प्रहरी कार्यालयले प्रत्येक दिन ९ बजे परीक्षा सञ्चालन गर्दै आएको छ ।

 

अनलाइन मार्फत परीक्षा भएन्

मापसे प्रयोग कर्तालाई प्रहरीले मोरङ पुलिस डटकम लगइन गरेर परीक्षा दिन सक्ने व्यवस्था गरेको छ । तर, दुईसाताको अवधिमा कसैले पनि अनलाइन मार्फत परीक्षा दिएका छैनन् । डिएसपी श्रेष्ठ भन्छन- ‘८-१० जनाले परीक्षा दिन खोजेको देखिन्छ, तर कसैले प्रोसेस पूरा गरेका छैनन् ।’

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु