adv

नगरपालिकाको निणर्यप्रति असहमति जनाउदै वडाध्यक्षद्वारा राजीनामा घोषणा

मंसिर ६ , बुटवल   ।। रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ का वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले राजीनामा दिएको घोषणा गरेका छन् । वडाअध्यक्ष पाण्डेले इमेल मार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा दिने बिषयमा निणर्य गर्दा अस्पतालले माग गरे अनुसार १० बिघा भन्दा आधा कम ५ बिघा जग्गा दिनुपर्ने प्रस्ताव पाण्डेले बैठकमा राखेका थिए ।

उनको कुरा बैठकमा सुनुवाइ नभएपछि पाण्डेले निणर्य प्रति असहमति जनाउदै राजीनामा दिएका हुन् । आफुलाई सहयोग गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित नगरपालिकाका सबै कार्यपालिका सदस्य र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

उनले आफ्नो परिवारसहित मुम्बई भ्रमणमा जान लागेकोसमेत इमेलमा लेखेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले वडाअध्यक्ष पाण्डेको राजिनामा कार्यालयमा नआएको बताए ।

राजीनामाको व्यहोरो यस्तो छ:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु