adv

प्रियंका चोपडाद्वारा निर्मित नेपाली चलचित्र “पाहुना” को ट्रेलर सार्वजनिक {भिडियो}

बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली चलचित्र “पाहुना : द लिटिल भिजिटर्स” को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको छ । पाखी ए टायरवाला निर्देशित चलचित्र ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुँदैछ ।


एक बालकले आफ्ना दुई भाई-बहिनीका लागि गरेको संघर्ष ट्रेलरमा देखाइएको छ । चलचित्रलाई प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो । चलचित्रले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा वाचन गरेको छ ।

जर्मनीमा गएको महिना सम्पन्न ‘श्लिंगेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवल’ मा “पाहुना” ले अन्तर्राष्ट्रिय फिचर चलचित्र श्रेणीमा बेस्ट चलचित्र (जुरी च्वाइस) र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको थियो । चलचित्रमा इसिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधानलगायतका नेपाली कलाकारहरुको अभिनय छ ।

ट्रेलर हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु