adv

श्रीमानले कान्छी श्रीमती ल्याएर गएपछी, पुष्पा र दुई छोरा-छोरीको हरिबिजोक

बुद्धशान्ति झापा  ।।  नेपालको संविधानको मौलिक हकअन्तर्गत समानताको हकमा कुनै पनि नागरिकलाई जाति, धर्म, वर्ण र लिङ्गको आधारमा भेदभाव गरिने छैन भन्ने व्यवस्था भए पनि व्यवहारमा लागू भएको पाइँदैन ।

फितलो कानुनको फाइदा उठाउनेको देशमा ,यस्तै झापा बुद्धशान्ति गाउँपालीका २ जयपुरकी पुष्पा गहतराज पोर्तेल पनि घरेलु हिंसाको सिकार भएकी छिन । उनि आफ्नै श्रीमान बाट हिंसामा पर्नु भएको हो । बुद्धशान्ति गाउँपालीका २ जयपुरकी २८ बर्षिय पुष्पा गहतराज पोर्तेल गम्बीर बिराम भएर ओछयानमा थलिनु भएको छ । उहाँले २०६६सालमा स्थानीय निश्चल पोर्तेल संग प्रेम बिबाह गर्नु भएको थियो ।

उहाँहरुको संसर धेरै रमाइलो थियो । उहाँहरुका २ सन्तान एक ७ बर्षको छोरा र ५ बर्षकी छोरी छन । तर २०७० सालमा छोरी जन्मेको केहि समयमै पुष्पाको श्रीमानले अर्जुनधार ९की सन्जु लाम्गादे संग दोस्रो बिबाह गरे अन्तत पुष्पाको जिवनमा तुषारो परे झै भयो । तत्कालीन गाउँ समाजको निर्णयले श्रीमान बाट अंश बापत ३ कट्ठा जमिन ,छोरा छोरीलाई अध्यपन गराउने र दुख बिराम हुदा सहयोग गर्ने कागजी निर्णय भएको थियो । त्यस पश्चात पुष्पा आफैले बनिबुतो गरेर छोरा छारीलाई पढाउने र घर चलाउदै आएकी थिइन ।गत पुष देखि अचानक पुष्पालई कम्मर देखि तल नचल्ने रोग लाग्यो । माइतीको पहलमा उनको भारत सिलीगुडीको एक अस्पतालमा उपचार गरे पछि पुन आफ्नो दैनिकीमा फर्किन , तर पुन गएको भदौ देखि सोही समस्या भए पछि अहिले माइती को संरक्षणमा रहेर ओछियानमा नै थलिएर बसेकी छन सामन्य बाँसको टाटीले बनाएको घर। अहिले उनको घरमाा चाबी झुन्डीएको छ । यो अवस्था हुदा समेत श्रीमानले उपचार गर्नु त परको कुरा भेट्न समेत नआएको पुष्पाको गुनासो छ ।


पुष्पाको श्रीमान निश्चल पोर्तेल हाल बिर्तामोडमा कान्छी श्रीमतीको साथमा मनिका खाजा घर संचालन गरिरहेका छन । तर पनि आफ्ना छोरा छोरी र श्रीमतिलाई रेखदेख नगरेको माइती पक्षको आरोप छ ।गाउँ समाज र गाउपालीकाको न्यायीक समीतीले गरेको निर्णय पनि निश्चल पोर्तेलले गरेका छैनन । आफ्नो छोरी माथी दुर्बयबाहर र भबिश्य नै अन्धकार हुने गरि स्वास्थयमा खेलबाड गरेकोले छोरी ले उचित स्वास्य उपचार पाउनु पर्ने पुष्पाको बुबा हरिकुमार गाहतराज बताउनुहुन्छ ।

पुष्पा पोर्तेल माथी भएको घरेलु हिंसाको बिषयलाई लिएर गाउँसमाजले अंश बापत ३ कट्ठा जग्गा छोरा छोरी लाई पालन पोषण शिक्षा ,र पविारका सदस्य कोही दुखबिरम हुदा स्वास्थ्य उपचार गर्ने भन्ने उल्लेख गरिएको छिमेकी काजी श्रेष्ठले बताउनु भयो । यदी यी सबै निर्णय बिपरित भए कानुनी उपचार गर्नु पर्ने छिमेकी श्रेष्ठको भनाई छ ।
नेपालको संविधानले महिला पुरुषमा विभेद नगरी समान अधिकार प्रदान गरेको छ । नेपाली इतिहासमै पहिलो पटक महिला नै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सर्वोच्च पदमा आसिन भैसकेको अवस्थामा महिलाका पक्षमा धेरै काम हुनुपर्ने हो तर अपेक्षाअनुसार काम हुन सकेका छैनन् । पुष्पा पोर्तेलको बिषयलाई माइती पक्षले गत जेष्ठमा नै गाउँपालीको न्यायीक समितिमा निबेदन दिएको थियो ।

न्ययीक समितिले गरेको पैसलाको कार्यनयन नभएको माइती पक्षको आरोप छ । यस बिषयमा पिडक निश्चल पोर्तेललाई चाडै कानुनी कार्बाही गर्ने गाउँपालीको उपाध्यक्ष मिरा भुर्तेलले बताउनु भयो । माइती पक्षको पनि आर्थिक अवस्था कमजोर रहेको छ । पुष्पाको कम्मर देखि तलको भाग चल्दैन चिकित्कसको भनाई अनुसार धेरै खर्च लाग्ने भएको छ । आफु संग पनि अर्थिक नभएको ज्वाईले पनि बेवास्ता नगरेकोले छोरीको उपचार हुन नसकेको आमा नैनाकला गहतराज दुखेसो पोख्नु हुन्छ । अहिले छोरीको दिशा पिसाब कुर्सीमा प्वाल परेर गराउने गरेको आमा नैनाकलाको भनाई छ ।ह्वी चियर पनि नभएकोले एक ठाउबाट अर्को स्थानमा जान पनि धेरै समस्य हुने गरेको छ ।
हाम्रो सामाजिक परिवेश, ऐतिहासिक परम्परा, आर्थिक निर्भरता जस्ता कारणले पनि महिलाले पुरुष सरह अधिकार उपभोग गर्न पाएका छैनन् । विद्यमान परम्परा, सामाजिक रीतिरिवाज, मूल्य मान्यतामा परिवर्तन ल्याई महिलामैत्री बनाउनु आवश्यक छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु