adv

प्रहरीमा जागिर लागाइदिने भन्दै ७ लाख २० हजार ठग्ने पक्राउ

प्रहरीमा जागिर लागाइदिने भन्दै पैसा ठगेको आरोपमा प्रहरीद्वारा एक जना पक्राउ परेको छ ।

जागिर लगाइदिने भन्दै तीन जनासँग ७ लाख २० हजार ठगीको आरोपमा बीरगञ्जका सन्तोषकुमार पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाराका तीन जनासँग पाण्डेले क्रमश : १ लाख ७० हजार, १ लाख ५० हजार रुपैयाँ र ४ लाख रूपैयाँ रकम ठगी गरेको प्रहरी जनाएको छ । उनले प्रहरी जवानको पदमा नियुक्ति भएको नक्किली नियुक्तिपत्र समेत दिएको पीडितले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु