adv

चलचित्र ‘गोपी’ को पहिलो गीत सार्वजनिक {भिडियो}

निर्देशक दीपेन्द्र लामा निर्देशित चलचित्र ‘गोपी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । भजन शैलीको ‘लक्ष्मी कहिले काली…’ गीतको शब्द साहित्यकार बुद्धिसागरले लेखेका छन् । संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर गीत कम्पोज गरेका हुन् ।

गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् । संगीतकार पोखरेल बजारमा लोकगीतको लहर चलेको बेला फरक गीत बनेकोले सकारात्मक प्रतिक्रिया पाउनेमा विश्वस्त सुनिए । उनी भन्छन् – ‘मौलिक गीत तयार पार्न निकै गाह्रो छ, तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ ।’

गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउत लगायत फिचर्ड छन् । आरोही केसीद्वारा निर्मित ‘गोपी’ माघ १८ बाट प्रदर्शनमा आउँदैछ । फिल्मको कथाकै माग अनुसार गीत तयार पारिएको निर्देशक लामा बताउँछन् । भन्छन्, ‘चलचित्रका मुख्य पात्र हिन्दू र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेका छौं ।’

चलचित्रमा सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणी नेपाल लगायतको पनि प्रमुख भूमिका छ । सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि. कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

गीत हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु