adv

अनमोलसँग साथीको मात्र सम्बन्ध छ: सारा सिर्पाली

अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पालीको प्रेम चर्चा भइरहेको छ । चलचित्र ‘रुद्र’ बाट डेब्यू गरेकी हिरोइन र नेपाली चलचित्रका सुपरस्टारको प्रेमको खबरले विस्तारै नेपाली मिडियामा भाइरल हुँदैछ ।

अनमोल र सारा राम्रो साथी भएको एकथरीको वुझाई छ । तर, सारा सिर्पाली अनमोलसँग साथीको मात्र सम्बन्ध रहेको बताइरहेकी छिन् ।
उनीहरुको यो खबर कतिले त पत्याएनन् तर, कतिले भने हावा नचली पात नहल्लिने भन्दै शंका गर्न थाले ।

अनमोलसँग अफेयर रहेको खबर सार्वजनिक भएपछि अभिनेत्री साराले आफूहरु इन्स्टाग्रामको साथी मात्र रहेको बताएकी छिन् । साराले आफू अनमोलको प्रेममा रहेको कुरा सोझै नकारेकी छिन् ।

सिनेमा ‘रुद्र’ बाट डेब्यू गरेकी साराले त्यसपछि त्यसपछि सिनेमा ‘पिंजडा ब्याक अगेन’ मा काम गरिन् ।

यतिबेला उनी आफ्नो तेस्रो सिनेमा ‘सुश्री सम्पत्ति’ को प्रचारप्रसारमा छन् । तर, यो खबर सार्वजनिक भएपछि भने सारा मिडियामा खासै आउन नचाहेको बुझिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु