चलचित्रको सुरूमै ‘धुम्रपान’ स्वास्थ्यको लागि हानिकारक छ’ भनेर लेखिएको हुन्छ । यतिमात्र हैन, प्राय कलाकारहरु खुलेरै धुम्रपानको विरोध गर्ने पनि गर्छन् ।
यो स्वास्थ्यको लागि हानिकारक छ भनेर केहीले यसको विज्ञापन गर्न पनि मान्दैनन् । किनभने, यसको विज्ञापन गर्दा समाजमा आफ्नो छवि बिग्रने डर धेरै कलाकारलाई हुन्छ ।
चलचित्र भित्र त कलाकारले चुरोट पिएको दृश्य दर्शकले प्राय जसो देखिरहेका हुन्छन् । तर, वास्तविक जीवनमा भने उनीहरुको वास्तविकता धेरै कमलाई मात्र थाहा हुन्छ ।
केही नेपाली कलाकारहरु रिल लाइफमा मात्रै होइन रियल लाइफमा पनि उत्तिकै चुरोट प्रेमी छन् । सार्वजनिक रुपमै चुरोट पिउने सेलिब्रेटीहरु कम होलान् । तर, लुकीलुकी चुरोट पिउने कलाकार भने धेरै छन् । आज हामी चुरोट पिउने १५ कलाकारहरुको बारेमा चर्चा गर्दैछौँ ।
भुवन केसी
अभिनेता भुवन केसी जति कोशिस गर्दा पनि चुरो तान्न छोड्न नसकेको बताउँछन् । उनले सार्वजनिक रुपमै आफू धूमपानप्रेमी भएको स्वीकार गरेका छन् ।
रेखा थापा
रेखा थापा लोकप्रिय अभिनेत्री हुन्,। जसको चुरोट पिउने नराम्रो बानी छ । उनी साथीभाइसँगको भेटघाटमा मदिरा पिउँदिनन् । तर, चुरोट नभई हुँदैन । सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनी गोप्य ठाउँ खोजेर चुरोट सल्काउन थालिहाल्छिन् ।
ज्योति मगर
लोक गीतमा विकृति भित्र्याएको भन्दै ज्योति मगरले केही वर्ष खुबै गाली खाइन् । उनलाई संस्कृति बिगारेको भन्दै धेरैले नानाभाँती भने । गाली गरे ।
छाडा गायिकाको उनाम पनि दिए । तर, उनी आफ्नै पाराले अगाडि बढ्दै गएकी छिन् । ज्योति पनि चुरोट प्रेमी हुन् । उनको यो बानी पनि कसैसँग पनि लुक्न सकेको छैन ।
सौगात मल्ल
नेपाली फिल्ममा सशक्त अभिनेताका रुपमा चिनिने सौगात मल्ल पनि चुरोट प्रेमी हुन् । उनलाई पनि अन्य खाने कुराजस्तै चुरोट नभई नहुने एउटा खानेकुरा बनेको छ ।
साम्राज्ञीराज्य लक्ष्मी शाह
अहिलेकी हिट अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको पनि चुरोट पिउने लत छ । पत्रकारलाई अन्तरवार्ता दिन पुग्दा समेत उनी चुरोट नलिई बस्न नसक्ने चर्चा फिल्म वृत्तमा छ ।
सुष्मा कार्की
अभिनेत्री सुष्मा कार्की पनि ‘चुरोट प्रेमी’ अभिनेत्री हुन् । उनलाई पनि दिनमा पटक–पटक चुरोट पिउनु पर्छ । उनको यो बानी पनि पत्रकार र उनका साथीभाइहरु बाट लुक्न सकेको छैन ।
निश्चल बस्नेत
निर्देशक निश्चल बस्नेतलाई पनि चुरोटको सर्कोसँग गहिरो प्रेम छ । उनले यो प्रेमलाई त्यति सहजै छोड्न सक्ने संकेत देखिँदैन ।
आयुष्मान देशराज जोशी श्रेष्ठ
अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ पनि चुरोट एकदमै धेरै सल्काउँछन् । उनको यो काममा उनकी प्रेमी तथा हुनेवाला श्रीमती प्रियंका कार्कीले साथ दिन्छिन् । प्रियंकाले भने खुलेआम अहिलेसम्म चुरोट सल्काएको देखिएको छैन । तर, उनी लुकीलुकी चुरोट पिउँछिन् ।
विपिन कार्की
अभिनेता विपिन कार्कीले पनि आफूलाई यो लतबाट टाढा राख्न सकेका छैनन् । विपिन कार्की पनि चुरोट असाध्यै सल्काउँछन् ।
सलोन बस्नेत
अभिनेता सलोन बस्नेत पनि चुरोट प्रेमी कलाकार हुन् । उनी सार्वजनिक रुपमै बसेर चुरोटको सर्को तान्छन् ।
अनमोल केसी
युवास्टार अनमोल केसीले सार्वजनिक रुपमै चुरोट पिएको देखिएको छैन । तर, उनी निकटस्थ स्रोतका अनुसार उनी चुरोट भने निकै सल्काउँछन् ।
शिल्पा पोखरेल
त्यस्तै, सार्वजनिक रुपमै चुरोट पिउने अभिनेत्रीमा पर्छिन् शिल्पा पोखरेल । उनले विभिन्न ठाउँमा पत्रकारहरुकै अगाडि चुरोट पिएको पाइएको छ ।
अनुप विक्रम शाही
अभिनेता अनुप विक्रम शाही पनि अर्का चुरोट प्रेमी कलाकार हुन् । उनले केही पटक सार्वजनिक कार्यक्रममा पत्रकारहरुका अगाडि नै चुरोट पिएका छन् ।
सविन श्रेष्ठ
अभिनेता सविन श्रेष्ठ पनि ‘सिगरेट लभर’ हुन् । उनी पनि चुरोटको सर्को बिना रहन सक्दैनन् ।
माला लिम्बु
त्यस्तै, अभिनेत्री तथा आईटम गर्ल माला लिम्बु पनि चुरोट प्रेमी हुन् । केही समय अघि मात्रै उनले एक कार्यक्रममा देखाएको चुरोट मोहपछि उनको यो बानीको खुलासा भएको हो । उक्त कार्यक्रममा पत्रकारहरू उनीसँग कुरा गर्न खोज्दा उनले पत्रकार भन्दा पनि चुरोटलाई प्राथमिकता दिएको कुरा चर्चामा छ ।