adv

जन्मोत्सवको अवसरमा प्रकाश सावादेनको ‘माबु धाम’ विमोचित

माङसेबुङ, १९ मंसीर ।
गायक तथा संगीतकार प्रकाश सावादेनको लोक तथा आधुनिक गिती संग्रह ‘माबु धाम’ सार्वजनिक भएको छ । ‘माबु धाम’ बुधबार विमोचन गरिएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ ६५ औं जन्मोत्सवको अवसरमा ‘माबु धाम’ विमोचन गरिएको हो । ‘माबु धाम’ मा ७ वटा गीत संग्रहित भएका छन् ।

इलामको माबुमा जन्मिएर संगीत क्षेत्रमा लागेका सावादेनले आफ्नो गाउँठाउँका विषयवस्तुलाई समेटेर एल्बम तयार गरेको बताएका छन् ।
सावादेनको एल्बममा ‘माबु धाम…’, ‘कसलाई पोखाउ …’, ‘उडायो उडायो …’, ‘म मर्दा…’, ‘जन्मेछु खाली…’ र ‘किन होला…’ बोलको गीत समेटिएको छ । ‘किन होला…’ बोलको गीत मेल र फिमेल दुवै भोकलमा समेटिएको छ ।

एल्वममा प्रकाश सावादेन, उनकी छोरी स्वस्तीका सावादेन, सुवास इशारा राई र लेखनाथ चेम्जोङका आवाज समेटिएको छ । शब्द रचना देवीका राई, विजय श्रेष्ठ, प्रकाश सावादेन र सुमन लावतीले गरेका छन् । त्यस्तै संगीत प्रकाश सावादेन, विजय श्रेष्ठ, नरेश लिङदेनर सुवास इशारा राईको रहेको छ ।

सावादेनको एल्बममा ‘माबु धाम…’, ‘कसलाई पोखाउ …’, ‘उडायो उडायो …’, ‘म मर्दा…’, ‘जन्मेछु खाली…’ र ‘किन होला…’ बोलको गीत समेटिएको छ । ‘किन होला…’ बोलको गीत मेल र फिमेल दुवै भोकलमा समेटिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु