adv

राज लाबुङको ‘जदौरी’ आत्मानन्द लिङदेनको जन्मोत्सबको अवसरमा बिमोचन

माङसेबुङ, १९ मंसीर ।
गायक तथा संगीतकार राज लाबुङको ‘जदौरी’ किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ लिङदेनको ६५ औं जन्मोत्सबको अवसरमा बुधबार बिमोचन भएको छ ।

एल्बममा ६ वटा गीतहरु समेटीएको छ भने ३ वटा गीतको भिडियो निर्माण गरिसकेका छन् । एल्बममा समेटिएका ६ गीत मध्ये पहिलो जदौरीका शब्द साहित्यकार सुन्दर कुरुपको रहेको छ भने संगीत गायक तथा संगीतकार बादल लिम्बुले भरेका छन् ।

‘कहाँ कहाँ’ पुगे भन्ने गीतको शब्द संगीत उज्जवल थेवेको रहेको छ । ‘आमाको याद’ मा भने राज लिम्बुको शब्द संगीत छ भने स्वर मेलीना राईको रहेको छ । ‘साथ छुट्ने बेला’ शब्द आन्छुमे नसानको रहेको छ भने, संगीत राज लाबुङ स्वयमले भरेका छन् ।

‘कहिले काही’ मा शब्द संगीत छत्र साउदेनको रहेको छ भने मायाले काट्योको शब्द संगीत उत्तमजंग लावतीको रहेको छ । एक गीतमा बाहेक अरु सबै गीतहरुमा आफ्नो स्वर भरेका गायक राज लाबुङको एल्बम अब बजारमा आइसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु