adv

झरना थापाकी छोरी सुहानाले अनमोलसँग गरे रोमान्स {सात फोटो हेर्नुहोस}


अभिनेता अनमोल केसी र निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले चलचित्र ‘ए मेरो हजुर ३’ मा पहिलो पटक स्क्रिन साझेदारी गरेका छन् । चैत २९ मा प्रदर्शनमा आउने तय भएको चलचित्रको अहिले धमाधम छायांकन भइरहेको छ । केही दिन अगाडि ‘कामना अवार्ड’ मा अनमोलले अवार्ड चुमेको दृश्य खिचिएको थियो ।

हालै मनाङमा चलचित्रको दुई गीत खिचेर निर्माण टिम काठमाडौं ‘ब्याक’ भएको हो । प्रतिक अधिकारी र आशिष अविरलको स्वर तथा राहुल शाहको कोरियोग्राफी रहेको गीतमा अनमोल र सुहाना फिचर्ड छन् । गीत छायांकनका केही अचल तश्बिरहरु निर्माण टिमले रिभिल गरेको छ । तश्बिरमा दुईको केमेस्ट्री कमालको देखिएको छ ।

रोमान्टिक अनमोलसँग सुहाना निकै बोल्ड देखिएकी छन् । सार्वजनिक सात तश्बिरले दर्शकमा चलचित्रप्रति अझ उत्सुकता बढाउने देखिएको छ । मनाङमा सुहानाको एक सोलो गीत पनि खिचिएको छ । चलचित्रमा अनमोल एक सेलिब्रेटी र सुहाना एक फ्यानको भूमिकामा छन् । यसलाई म्यूजिकल लभस्टोरी बताइएको छ । उक्त चलचित्रलाई निर्देशक झरना थापाले निर्देशन गरेकी छन् ।

चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका छन् । चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु