
बलिउडका चर्चित गायक मिका सिंहलाई प्रहरीले हिरासतमा लिएको छ । मिका सिंहलाई एक किशोरीले यौन शोषणको आरोप लगाएपछी दुबईमा पक्राउ परेका हुन् ।
ब्राजिलकी १७ वर्षकी एक किशोरीले उनलाई यौन शोषणको आरोप लगाएकी हुन् । मिकाले उनलाई अश्लिल तस्बिरहरु पठाएको ती किशोरीको आरोप छ ।

मिकालाई दुबईको मुरक्काबाट पक्राउ गरी प्रहरी चौकीमा राखिएको छ । उनलाई विहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट प्रहरीले गिरफ्तार गरेको हो ।

