adv

लियो क्लबहरुको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ दमक स्विट सिटी अन्तर्गत रहेको लियो क्लब अफ दमक स्विट सिटी र लियो क्लब अफ मिक्लाजुङको १ दिने प्रशिक्षण कार्यक्रम संगम स्विटको सभाहलमा सम्पन्न भएको छ ।

लायन्स क्लब अफ दमक स्विट सिटिको आयोजनामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता लायन विश्वास बावुले गर्नु भएको थियो भने प्रमुख अतिथि रिजन चियर पर्सन तथा लियो क्लब एडभाइजर लायन प्रहर क्षेत्री, विशिष्ट अतिथिमा जोन चियर पर्सन लायन कोमल शाक्यको उपस्थिति रहेको थियो । मिक्लाजुङ र स्विट सिटीका लियोहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिद्वारा लियोहरुको स्थापना कसरी, कहाँ र कहिले भएको हो साथै उत्तरदायित्वहरुको बारेमा उपस्थिति लियोहरुलाई प्रशिक्षण गराउनु भएको थियो ।

३ घण्टासम्म चलेको उक्त कार्यक्रमको अन्त्यमा उपस्थित लियोहरुलाई एप्रिसियेसन सर्टिफिकेटले सम्मान गरिएको थियो साथै स्विट सिटीका लियोहरुलाई टि–सर्ट वितरण कार्यक्रम पनि गरिएको थियो । कार्यक्रमको संयोजक लायन कवि राईले गर्नु भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु