adv

सम्भावना बोकेको नवमी डाँडा जहाँबाट देख्न सकिन्छ हिमाल र तराई

सुसन राई, इलाम, ४ पुष ।

दमक फाल्गुनन्द चौक देखी करिब ३४ किलोमिटरको कच्चि यात्रा गरेपछि माङसेबुङ गाउँपालिका वडा नं. ३ स्थीत नवमी डाँडा अर्थात देवालुङ डाँडा पुग्न सकिन्छ ।


दमक देखि बेलडाँगी हुदै रतुवा खोलाको किनारै किनार भएर धार्मिक तथा पर्यटकिय स्थल किरात धर्मवलम्बीहरुको आस्थाको धरोहर माङसेबुङ हुदै नवमी डाँडा पुगिन्छ । धार्मिक तथा पर्यटकिय स्थल माङमालुङ पुग्न भन्दा अगाडी आइपुगिन्छ नवमी डाँडा । त्यही नवमी डाँडामा देवालुङ मन्दिर समेत रहेको छ ।


लाक्तापा नवमी डाँडा हेर्दा सामान्य लागेपनि यहाँ अन्य धेरै विशेषताहरु पाउन सकिन्छ । यस नवमी डाँडाबाट देखिने कुम्भकर्ण हिमालको दृष्य सँगै तराईका फाटहरु देख्न सकिन्छ । यात्राको क्रममा एकैछिन मात्र भए पनि यस ठाउँमा बसेपछि पुनः मानिसहरु यहाँ बस्न मन पराउँछन् । नेपालकै यो यस्तो ठाउँ हो कि एकै स्थानबाट माथि हेर्दा कुम्भकर्ण, कञ्चनजंगा हिमालहरु र तल हेर्दा तराईका समथल फाटहरु देख्न सकिन्छ । सेताम्मे कुम्भकर्ण (फक्तालुङ) हिमालको मनमोहक दृष्यले झनै यात्रु तथा पर्यटकहरुलाई लोभ्याउने गर्दछ । सुर्योदयको मनमोहक दृष्य समेत यस ठाउँबाट देख्न सकिन्छ ।


खानेपानी योजना आए सँगै गाउँको मुहारमा परिवर्तन
खानेपानीको योजना आएसँगै यस गाउँको मुहारमा नै परिवर्तन आएको देखिन्छ । यस ठाउँमा केहि समय अघि सम्म पानीको समस्याका कारण यहाँका मानिसहरु अन्य ठाउँहरुमा जानेको संख्या बढिरहेको थियो । तर यहाँका स्थानीयहरुको लामो प्रयास र पूर्व व्रिटिस आर्मि २११५०१२२ नम्बरका टिकाराम राईको स्पोन्सरमा वाल्फेयरबाट कादुरी संस्थाले लागत खर्च दिएपछि उपभोत्ताहरुले श्रम गरिरहेको सिमसारे खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष संगिता राईले बताए । पानीको योजना परेपछि यहाँ यति बेला पानी ल्याउँने योजनाको काम पनि धमाधम चलिरहेको छ ।


सिमसारे खानेपानी उपभोक्ता समितिका सचिव रोशन राईका अनुसार पानीको मुहानदेखी अन्तिम बिन्दुसम्म करिब ५ हजर मिटर रहेकोमा जम्मा ३० वटा धाराहरु रहने बताए । पानी आए सँगै यस क्षेत्रमा बस्ति विकासमा पनि वृद्धि हुने र अन्य व्यावसायहरु पनि सुरु गर्न सहज हुने बताए । उनले भने– यहाँका मानिसहरुले दैनिक २ घण्टा जति पानीको जोहो गर्नमा नै समय छुट्याउनु पथ्र्यो तर त्यो समय बचत भइ अन्य आयमुलक काममा त्यो समय लगानी गर्न सक्ने भएको कारणले पनि यस क्षेत्रका मानिसहरुको आयश्रोतमा समेत वृद्धि हुने देखिन्छ ।
मंसिर ३ गते देखि पानी ल्याउँनका लागि ड्रेन खन्ने र पाइप बिच्छाएर नवमी डाँडासम्म करिब ४ हजार मिटर सम्म पानी आइसकेको छ । पानी आए सँगै यहाँ घुम्न आउने, पिकनिक खान आउनेहरुको पनी उतिकै घुइचो लाग्न थालेको छ । धार्मिक तथा पर्यटकिय स्थल माङमालुङसँगै जोडिएको यस ठाउँमा आन्तरिक पर्यटकहरु पनि घुम्न आउने गर्छन् ।


नवमी डाँडा देखी करिब १ किलोमिटरमा चतुरे बजार रहेको छ । चतुर्दशीको दिन मेला लाग्ने भएको कारणले यस बजारको नाम चतुरे रहन गएको जानकारहरु बताउछन् । खान बस्नका लागि यस चतुरे बजारमा समेत बस्न सकिन्छ । सँगै चतुरे बजार देखि ४ सय मिटर नजिक फोमि भ्यू होटल समेत सञ्चालनमा रहेको र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि खान बस्नको व्यवस्था रहेको छ ।
दमक चिसापानी (फाल्गुनन्द) राजमार्गमा पर्ने यस क्षेत्रमा यात्राको क्रममा यहाँ एकैछिन मात्र भए पनि बसेर यसठाउँबाट देखिने मनमोहक दृष्य र यहाँका स्थानहरुको अवलोकन गर्न सकिन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु