adv

स्विट सिटीको सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतनामुलक होडिङ बोर्ड र वृहत र्याली सम्पन्न

लायन्स क्लब अफ दमक स्विट सिटी र लियो क्लब अफ दमक स्विट सिटी साथै ट्राफिक प्रहरी दमकको सहकार्यमा दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतनामूलक होडिङ बोर्ड र वृहत र्याली सम्पन्न गरेको छ । विहिबार विहान ८ः३० बजे दमक चौकको आकाशे पुलदेखि र्यालीको शुरुवात भएको थियो । र्यालीमा उपस्थित सबैले सचेतनामुलक प्लेकार्ड बोकेका थिए ।

सभ्य समाज कृषि सहकारी र श्री दिप ज्योति वचत तथा ऋण सहकारी संस्था लि.को सहयोगमा ३ वटा होर्डिङ बोर्ड आकाशे पुलमा राखिएको क्लबका प्रेसिडेन्ट लायन विश्वास बाबुले बताउनु भयो ।

उक्त कार्यक्रममा विभिनन संघ संस्थाहरु, विद्यालयहरुले वृहत रुपमा सहभागीता जनाएको थियो । लायन्स क्लब अफ ईष्टर्न लाईन, लायन्स क्लब अफ सेवीका, रोटरी क्लब दमक, हिमालय मा.वि., आस्था कलेज, जेम्स स्कुल, अक्सफोर्ड बोर्डिङका शिक्षक विद्यार्थीहरु लगायत विभिन्न संघसंस्थाहरुको सहभागीता रहेको थियो । ड्रिष्ट्रिक ३२५ ए वानका रिजन चियर पर्सन लायन प्रहर क्षेत्री, जोन चियर पर्सन लायन कोमल शाक्यको पनि उपस्थित रहेको उक्त कार्यक्रममा नगरपालिकाका उप–मेयर गीता अधिकारी र इलाका प्रहरी कार्यलय दमकका ईन्चार्ज श्यामल सुब्बाको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई व्यवस्थित गर्ने काम इलाका प्रहरी कार्यलय दमक र ट्राफिक प्रहरी कार्यलय दमकले गरेका थिए । उनीहरुले सडक दुर्घटना सम्बन्धि सचेतना भए दुर्घटना कम हुने बताउनु भयो ।

कार्यक्रकका संयोजक लायन हर्क रायमाझीले भर्खरै स्थापित भएको लियो क्लब अफ दमक स्विट सिटीको यो पहिलो कार्यक्रम रहेको बताउनु भयो ।

फोटो फिचर:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु